site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
सरकारले भन्यो, ‘फ्रान्सबाट आएकाहरूको पनि पहिचान भइसक्यो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी महिला आएको जहाजमा रहेका व्यक्तिहरूको पहिचान भइसकेको सरकारले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस पोजेटिभ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको बताए । संक्रमित महिलासँग घरमा रहँदा सम्पर्कमा रहने सबैलाई क्वारेन्टाइनमा पठाइसकेको समेत उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

जहाजमा सँगै आउने व्यक्तिहरूलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न सजग गराइएको उनले बताए । त्यस्तै अहिलेसम्म ६ सय १० वटा नमुना परीक्षण भएकामा २ वटाबाहेक नयाँमा संक्रमण नपाइएको उनले बताए । कोरोना संक्रमण भएको एकजना र आशंका गरिएका अन्य १५ जनासहित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा १६ बिरामी रहेको उनले बताए ।

त्यसमध्ये १० जना क्वारेन्टाइनमा छन् भने ५ जना आइसोलेसनमा छन् । त्यस्तै सरकारले यसअघि विदेशबाट आएका वा तीनका नजिकका व्यक्तिहरूको मात्र परीक्षण हुने गरेकामा त्यसको दायरा बढाएर संक्रमणको लक्षण मिलेका ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मीहरू, दीर्घरोगीहरू र सघन उपचार कक्षमा रहेकामा फ्लुको लक्षण देखिएका बिरामीको समेत नमुना संकलन गरी परीक्षण सुरु गरेको छ ।

Global Ime bank

त्यस्तै अन्य अस्पतालहरूमा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका बिरामी आए फिभर क्लिनिक सञ्चालन गरी अस्पतालले आइसोलेसनमा राख्नुपर्ने र कोरोना परीक्षणका लागि नमुना पठाउनुपर्ने व्यवस्था गरिएको समेत देवकोटाले बताए । उनले बिरामीलाई रिफर नगरीकन नमुना पठाउन मात्र अनुरोध गरिएको बताए । उनले विदेशबाट आएकाहरू सेल्फ क्वारेन्टाइनमा नबसी आफूखुसी बस्न थालेकाले देशभर लकडाउन गर्नुपरेको बताए ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा अहिलेसम्म रहेका स्वास्थ्य सामग्रीमा पीपीई सेट ३ सय ५८ वटा, गाउन १ हजार ४ सय ५६, फेस मास्क १ हजार ५ सय ७८, सेनिटाइजर ७७, पञ्जा, १ हजार ५ सय ९३, एन ९५ मास्क २४, चस्मा ४ सय ८०, आइआर थर्मोमिटर ४, सु–कभर १ हजार १ सय ६२ र फेस फिल्ड २ सय ३५ वटा छन् । यसबाहेक विभिन्न संक्रमणको जोखिम रहेका क्षेत्रमा वितरण गर्न राखिएका फेस मास्क २ लाख ७२ हजार ४ सय २० वटा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  २०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC