site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
कोरोना सङ्क्रणको लक्षण देखा परे बीपी र वीर अस्पतालमा पनि परीक्षण गरिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले कोरोना सङ्क्रमणको लक्षण देखिए सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र वीर अस्पतालमा परीक्षणको व्यवस्था मिलाइएको बताएको छ ।

अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण भइरहेको छ । आशंकितको सङ्ख्या एकाएक बढेकाले बीपी कोइराला स्वास्थ्य विज्ञान र वीर अस्पतालमा यन्त्र उपकरण जडान गर्ने र परीक्षण थाल्ने निर्णय गरेको हो ।

मंगलबार बसेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १२औं बैठकले धरान, वीर तथा प्रदेश स्तरमा त्यस्ता ल्याबहरूको स्थापना नहुञ्जेल छिटो सवारी (हेलिकोप्टर)को मार्फतबाट जनस्वास्थ्य प्रयोगशाला टेकुमा ल्याएर परीक्षण गर्ने बन्दोबस्त मिलाएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि, अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १७:४२
प्रतिक्रिया दिनुहोस्