site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
कोरोनाका कारण होटल क्षेत्रले २ अर्ब गुमाए 

काठमाडौं ।  कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा बढी मारमा परेको छ । यसमा पनि होटल व्यवसायले धेरै असर खेपिरहेका छन् । 

होटलले मात्रै मासिक २ अर्ब गुमाएको होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले देशभरका होटल व्यवसायीले मासिक २ अर्ब गुमाउनु परेको उनले बताइन् । 

होटलसँगै हवाई यातायात क्षेत्र पनि निकै प्रभावित भएको छ । तर, आन्तरिक भन्दा बाह्य उडान गर्दै आएका विमान कम्पनीले धेरै गुमाएको एक व्यवसायीले बताए । 

आन्तरिकतर्फका विमान कम्पनीहरु प्रभावित भएपनि बाह्य क्षेत्रमा उडान गर्दै आएका विमान सेवा कम्पनीको तुलनामा कम रहेको उनले बताए । 

कोरोनाका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएपछि होटल संघ नेपालले पर्यटन उद्योगमा संकटकाल घोषणा गर्न माग गरिसकेको छ । संघले व्याजदर र साँवा तिर्न थप समय दिन, सम्पत्तिको करमा छुट दिन पनि माग गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १७:०२
प्रतिक्रिया दिनुहोस्