site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीलाई आफूसँग ल्याएँ तर साथीहरुले भगाइदिए : देउवा 
Sarbottam CementSarbottam Cement

फाइल तस्बिर ।


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले तत्लकालीन माओवादीलाई आफूसँग ल्याए पनि साथीहरुले भगाइदिएको गुनासो गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले बसुन्धारामा आयोजना गरेको महेनद्रनारायण निधिको ९८ औं जन्मजयन्ति समारोहको बोल्दै सभापति देउवाले माओवादी र एमाले मिलेर पार्टीले पराजय भोग्‍नु परेको बताए । उनले भने, "माओवादी र एमाले मिल्दा चुनाव हार्यौं । मैले माओवादीलाई आफूसँग ल्याएकै हुँ तर, साथीहरुले भगाइदिए । सत्य कुरो त्यो हो । बुझे पनि कुरो नबुझेको गर्ने ?" 

सभापति देउवाले पार्टीमा धेरै समस्या आएको पनि बताए । उनले भने, "पार्टीको झगडा पहिलेबाटै आएको हो । झगडाका बारेमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालाई थाहा होला । वीपी र गणेशमानलाई पनि पार्टीबाट निस्कासन गरेकै थियो । गणेशमानले पार्टीमा छैन भनेको हो भने भट्टराईले पार्टी छाडेकै हो ।" 

Global Ime bank

उनले प्रजातन्त्रका लागि अन्ति लडाइँ लड्नुपर्ने बेला भएकोसमेत बताए । "कुनै पनि हिंसाबाटमुक्त समाज निर्माण र प्रजातन्त्रका लागि कुनै पनि किसिमको सम्झौता नगरिने सभापति देउवाले बताए । उनले भने, "पिसफुल वातावरण नभएपछि आन्दोलन लड्नै पर्छ । कांग्रेसले लड्ने आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुनेछ ।" 

नेकपाको कम्युनिस्ट स्टेट बनाउने उद्देश्यविरुद्ध लड्‍नुपर्छ : निधी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय