site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारका दुईवर्ष, प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको दुईवर्षको अवधिमा भए गरेका कामका बारेमा सम्बोधन गर्ने भएका छन् ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा उनले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज २ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यक्रममा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले पनि सरकार बनेको दुई वर्ष पूरा भएको अवसरमा सम्बोधन गर्न लागेको जानकारी दिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०७:४३
प्रतिक्रिया दिनुहोस्