site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भाइले दाइलाई भने, ‘जय नेपाल सर’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले मंगलबार २७औं प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गर्‍यो ।

ज्ञवालीले मंगलबारदेखि नै बधाई थाप्न सुरु गरे । गृह मन्त्रालयमा बुधबार बिहान दर्ज्यानी चिह्न ग्रहण गरेपछि आईजीपी प्रहरी मुख्यालयतर्फ पदभार ग्रहणका लागि प्रस्थान गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

गृहबाट सीधै मुख्यालय पुगेका नवनियुक्त आईजीपीलाई स्वागतका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंह, डीआइजीहरू, एसएसपीलगायतका उच्च अधिकृत लामबद्ध थिए । स्वागतकै लाइनमा थिए, एसएसपी श्याम ज्ञवाली पनि ।

सबैले आईजीपी ज्ञवालीलाई ‘जय नेपाल सर’ भन्दै अभिवादन गर्न थाले । उनले पनि उसै गरी फर्काए । सबैलाई जय नेपालको अभिवादन फर्काउँदै गर्दा हातमा माला लिएर लाइनमा बसेका एसएसपी श्याम ज्ञवालीले पनि तनक्क तन्कँदै भने– ‘सर जय नेपाल’ अनि दुवै मुस्कुराए । नवनियुक्त आईजीपी ठाकुरप्रसाद ज्ञवाली र एसएसपी श्याम ज्ञवाली सहोदर दाजुभाइ हुन् । 

Global Ime bank

“प्रहरी संगठनमा अन्य क्षेत्रभन्दा कडा नियम हुन्छ, सिनियरको आदेश पालना गर्नैपर्ने हुन्छ,” एसएसपी श्यामले बाह्रखरीसँग भने, “अहिले भने बाल्यकालमा आफूलाई हुर्काएको दाइलाई आईजीपीका रूपमा स्वागत गर्न पाउँदा भावुक भएँ । बाल्यकालका ती दिन सम्झिएँ । आमाबुबालाई पनि सम्झिएँ । गौरवको अनुभूति हुँदो रहेछ ।”

सानैदेखि अभिभावकजस्तै गरी दाइले आफूलाई हुर्काएको भन्दै श्याम केही बेर ‘नोस्टाल्जिक’ बने । आफ्नै परिवारको सदस्य आईजीपी हुँदा आफूलाई थप जिम्मेवार बोध बनाएको श्यामको अनुभव छ ।

पारिवारिक र सांगठनिक सम्बन्ध भने फरक हुने श्यामको बुझाइ छ । अहिले श्याम महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत छन् । प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका उनी पनि भावी आईजीपीका दाबेदारमध्ये एक हुन् । 

विशेष अवस्था नआए प्रहरी निरीक्षकको सेवा प्रवेशबाटै आईजीपी हुने प्रावधान छ । ज्ञवालीका चार दाजुभाइमध्ये ठाकुर र श्याम प्रहरी सेवामा छन् । ३० वर्षे सेवा अवधिका कारण नवनियुक्त आईजीपीको कार्यकाल आगामी असारमै अर्थात् ५ महिनामै सकिनेछ । दर्ज्यानी चिह्न ग्रहणपछि आईजीपी ज्ञवालीले कानुन कार्यान्वयन र प्रहरीलाई जनताप्रति उत्तरदायी बनाउन आफ्नो भूमिका हुने बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC