site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुराना आइफोन ढिलो बनाइदिएपछि एप्पलमाथि जरिवाना
Ghorahi CementGhorahi Cement

बीबीसी । जानिजानि पुराना आइफोनहरु ढिलो बनाइदिएको अभियोगमा एप्पल कम्पनीमाथि २ करोड ७० लाख डलर बराबरको जरिवाना हुने भएको छ । 

कम्पनीले एप्पल उपभोक्ताहरुलाई यसबारे कुनै स्पष्टिकरण नदिइ पुराना आइफोन मोडलको सिस्टम सुस्त पारिदिएको थियो ।

यस्तोमा फ्रान्सको प्रतिस्पर्धा र ठगी निरीक्षण संस्था ‘डीजीसीसीआरएफले’ उक्त जरिवाना तय गरेको हो । 

Agni Group

२०१७ मा एप्पलले अन्य डिभाइसहरु लामो समयसम्म चलिरहोस् भनेर पुराना आइफोन ढिलो गराएको स्वीकार गरेको थियो ।

कम्पनीले अहिले उक्त निरीक्षण संस्थासँगको सबै मुद्दा सुल्झाइसकेको बताएको छ । 

Global Ime bank

आइफोनका धेरै ग्राहकहरुले एप्पलले नयाँ अपडेट डाउनलोड गर्न बाध्य बनाउनका लागि पुराना फोन सुस्त पारिदिएको गुनासो गरेका थिए । 

तर एप्पलले भने आफूले केही मोडलहरु पुराना हुँदै गएकामा ढिलो पारिदिए पनि यसको उद्देश्य मानिसहरुलाई नयाँ अपग्रेड हाल्न लगाउनु नभएको बताउँदै आएको छ । 

कम्पनीका अनुसार डिभाइसहरुको लिथियम–आयन ब्याट्री तत्कालको उच्च माग धान्न असक्षम हुँदै गएका थिए । 

यसले पछि गएर विद्युतीय नोक्सानीबाट बचाउन फोनलाई अचानक फोन बन्द गराउन सक्ने एप्पलको भनाइ छ । 

त्यसैले आफूहरुले आइफोन ६, आइफोन ६ एस र आइफोन एसइका लागि नयाँ सफ्टवेयर अपडेट ल्याएको बताएको थियो जसले ब्याट्रीको क्षमतामा सुधार ल्याउने एप्पलको दाबी छ । 

यसमा एक उपभोक्ताले आइफोन ६ एसको ब्याट्री बदलेपछि त्यो पहिलेभन्दा धेरै छिटो भएको सामाजिक संजालमार्फत खुलासा गरेका थिए । 

अहिले फ्रान्सेली निरीक्षकले आइफोन प्रयोगकर्ताहरुलाई आइओएस अपडेट इन्स्टल गरिसकेपछि तिनको फोन सुस्त हुन्छ भन्नेबारे एप्पलले कुनै पूर्वजानकारी नदिइएको आरोपमा जरिवानाको सजायँ तोकेको छ । 

सम्झौता अन्तर्गत एप्पलले अब फ्रेन्च भाषामा उक्त निरीक्षण संस्थाको वेबसाइटमा नोटिस राख्नुपर्ने हुन्छ । 

संस्थाका अनुसार एप्पलले अनुचित व्यवसायिक गतिविधिमा संलग्नता जनाएकामा जरिवाना तिर्ने सम्बन्धी सहमति जनाएको छ । 

एप्पलले यसबारे २०१७ मा स्वीकार गरेदेखि नै आइफोन ६ देखि आइफोन एक्स एससम्म, विभिन्न आइफोनहरुमा ढिलो गराउने सेटिङ लागु गराउँदै आएको छ । 

यसमा ब्याट्री बिग्रन थालेपछि मात्र सो सेटिङ अन हुने गर्दछ र अहिले आइओएसले उपभोक्ताहरुलाई सो स्वीच अन गराउनु अगाडि प्रयोगकर्तालाई स्पष्ट जानकारी  गराउने गरेको छ । 

सो सेटिङ नयाँ मोडलहरमा कम प्रभावकारी हुनेछन् किनकि तिनको हार्डवेयर र सफ्टवेयर डिजाइन अन्य भन्दा धेरै आधुनिक रहेको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC