site stats
बाह्रखरी :: Baahrakhari
खेल
आर्मीलाई शीर्ष स्थानमा पुग्ने मौका

काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मी जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज संकटा क्लबसँग खेल्दै छ ।

लिगको शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित आर्मी छैटौं चरणको अन्तिम खेलमा संकटासँग खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आर्मी संकटालाई हराउँदै लिगको शीर्ष स्थान कब्जा गर्न चाहन्छ भने संकटा लिगमा भइरहेको खराब प्रदर्शन सुधार गर्ने योजनामा छ । पछिल्लो समय लगातार जित निकालिरहेको आर्मीका लागि नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की मुख्य हतियार छन् । 

आर्मी ५ खेलबाट १२ अंकसहित लिगको दोस्रो स्थानमा छ । १ खेल बढी खेलेको मछिन्द्र १३ अंकसहित शीर्षस्थानमा छ । आर्मी आज जित निकाले शीर्ष स्थान कब्जा गर्नेछ । लिगको तेस्रो स्थानमा १२ अंकसहित साबिक बिजेता मनाङ मस्र्याङ्दी छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १२:०५
प्रतिक्रिया दिनुहोस्