site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय गठबन्धनबीच तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै संघीय गठबन्धनमा आबद्ध दलहरूले माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मत दिने भएको सद्भावनाका महासचिव मनिष सुमनले जानकारी दिए । 
सरकार गठनपछि मधेस आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्ने, घाइतेको उपचार खर्च बेहोर्ने, छानबिन आयोग गठन गर्ने, संविधान संशोधनका लागि सरकारले संसदमा विधेयक दर्ता गर्ने र गठबन्धन तथा मधेसी मोर्चामा आबद्ध दलहरूले प्रचण्डलाई मत हाल्ने सहमति भएको सुमनले बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय गठबन्धनबीच भएको सो ३ बुँदे सहमतिमा हस्ताक्षर हुन भने बाँकी छ । सहमतिमा माआवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, संघीय गठबन्धनका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा र थरुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरीले हस्ताक्षर गर्नेछन् । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १९, २०७३  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC