site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन प्रतितोला ७६ हजार पुग्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च पुगेको छ । शुक्रबार प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला हजार रुपैयाँले बढ्दै सम्मकै उच्च मूल्य भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ तथा चाँदी २० रुपैयाँले बढ्दै अहिलेसम्मकै उच्च रहेको छ । 

हिजो नेपाली बजारमा ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रुपैयाँले बढ्दै ७६ हजार रुपैयाँ कायम भएको छ । यस्तै आज तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम छ । हिजो (आइतबार) भने तेजाबी सुन प्रतितोला प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 


गएको बिहिबारदेखि बजारमा सुन दैनिक हजार रुपैयाँका दरले मूल्यवृद्धि हुँदै आएको छ ।  इरान र अमेरिकाबीचको तनावको असरले सुनको मूल्य बढेको महासंघले जनाएको छ ।

सुनको मूल्य बढिरहँदा आइतबार स्थिर रहेको चाँदीको भाउ आज सोमबार भने प्रतितोला २० रुपैयाँले बढेर कारोबार भइरहेको महासंघले जनाएको छ । गत बिहीबार प्रतितोला ८९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार पनि ९ सय रुपैयाँमै कारोबार भएको चाँदी आज (सोमबार) प्रतितोला २० रुपैयाँले बढ्दै ९ सय २० रुपैयाँ पुगेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro