site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गतिलो फिल्म नबनाउने अनि जाडोले चलेन भन्ने ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दुई नेपाली चलचित्र फागुन ९ मा एक साथ रिलिज हुँदै छन्– ‘आमा’ र ‘सेन्टी भाइरस’ । यी दुवै वर्षकै अपेक्षित चलचित्र पनि हुन् । दुई चलचित्र एक साथ आउँदा ‘सो’ बाँडिन्छ । दर्शक बाँडिन्छन् । अन्ततः मारमा पर्छन् निर्माता । 

फागुनपछि चलचित्रको ओइरो छ । एकै दिन एकभन्दा धेरै चलचित्र रिलिज हुँदै छन् । अहिले भने हप्तौं भइसक्यो नेपाली चलचित्र रिलिज भएकै छैनन् । नोटिस भएका चलचित्र माघ २४ सम्म छैनन् । कारण– मौसम चिसो छ । तर, यही चिसोमा बलिउड मुभी ‘गुड न्युज’ र ‘दबङ ३’ आए । सय करोड क्लबमा प्रवेश गरे । नेपाली चलचित्र ‘लुट’ पुसको चिसो ठिहीमै रिलिज भएर ब्लक बस्टर भएको थियो । 
यद्यपि नेपाली निर्देशक, निर्माता जाडो महिनामा चलचित्र चल्दैनन् भन्न छाड्दैनन् । 

जाडोका कारण चलचित्र चल्दैनन् भन्ने चलचित्रकर्मीको तर्कमा निर्देशक तथा कलाकार दीपकराज गिरी सहमत छैनन् । चलचित्र नराम्रो हुनु नै नचन्नुको मुख्य कारण हो भनेर स्वीकार्न नसक्नेहरू जाडोमा चलेन भन्दै आत्मरतिमा रमाउने गरेको उनी बताउँछन् । “जब चलचित्र चल्दैन, त्यसपछि जाडोमा पनि चल्दैन, गर्मीमा पनि चल्दैन । हावाहुरीमा पनि चल्दैन, असारको झरीमा पनि चल्दैन । भूकम्पमा त झन् चल्दैचल्दैन,” उनी व्यङ्ग्य कस्छन्, “यस्ता धेरै कारण छन् चलचित्र नचल्ने । तर समग्रमा भन्ने हो भने नेपाली चलचित्रै चल्दैनन् ।”

यथार्थमा नेपाली चलचित्र राम्रो बन्छन् भन्नेमा धेरैलाई विश्वास नरहेकाले दर्शक भड्किएको उनको बुझाइ छ । “चलचित्र जाडो भएर हैन नराम्रो भएर नचलेको हो । आत्मरतिमा रमाउनलाई जाडो र गर्मी भएकाले चलेनन् भनेर भन्ने मात्रै हो,” दीपक भन्छन्, “अरूको राम्रो चलचित्र चल्यो भने पनि दसैं, तिहार, बिदा भएकाले चल्यो भन्दिन्छौं ।” चलेका चलचित्रको पनि राम्रो समीक्षा नभएको र कमजोर चलचित्र भए पनि निर्देशक निर्माताहरू केमा कमजोरी भयो भनेर स्वीकार नगरे मौसमलाई दोष दिने गरेको उनको भनाइ छ । 

निर्देशक प्रदीप भट्टराई केही हदसम्म चिसोको प्रभाव दर्शकमा देखिए पनि अन्ततः कन्टेन्ट हाबी हुने बताउँछन् । राम्रो चलचित्र भए चिसो अथवा गर्मी मौसमले केही फरक नपार्ने उनको पनि बुझाइ छ । “राम्रो चलचित्र भए मौसमले खासै असर गर्दैन । चलचित्र चल्ने मौसमले होइन । राम्रो चलचित्र नभएपछि हल जाँदैनन्, गर्मीमा पनि तराईमा दर्शक हल जाँदैनन् भन्छन्,” प्रदीप भन्छन्, “राम्रो चलचित्र नभए पटि आँट नआएको हो । चलचित्र राम्रो हुँदैन त्यसैले आत्मविश्वास नभएपछि बाहाना खोजिएको मात्रै हो । नाच्न नजान्ने आँगन टेडो भनेजस्तो मात्रै हो । चलचित्र लगाउन एसी टेम्प्रेचर खोजेर हुन्छ ?”

नेपाली चलचित्रकर्मीमा जाडोमा चलचित्र चल्दैनन् भन्ने मानसिकता रहेको निर्देशक दीपेन्द्र के. खनाल बताउँछन् । “जाडोमा दर्शक चलचित्र हेर्न जाँदैनन् भन्ने चलचित्रकर्मीमा मानसिकता छ,” उनी भन्छन्, “हिन्दी, अंग्रेजी चलचित्र जाडोमा आइरहेकै छन् त ।” 

नेपाली चलचित्रकर्मीबीच बिदामा रिलिज गर्ने होडबाजी हुन्छ । बिदामा रिलिजको होडबाजीले चलचित्रकर्मीहरूबीच सम्बन्धमै तिक्तता आउने गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC