site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा १६ दलका ३ सय ५८ सांसदको समर्थन प्राप्त गर्ने निश्चित भएको छ । 
 
व्यवस्थापिका–संसद् सचिवालयले प्रकाशन गरेको सूचनाअनुसार मंगलबारको निर्धारित समयमा प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्डको मात्र उम्मेदवारी परेको छ । सचिवालयका अनुसार अध्यक्ष प्रचण्डको उम्मेदवारीमा नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा प्रस्तावक रहेका छन् भने संसद्का अन्य १६ दलका नेताले समर्थन जनाएका छन् । 
 
सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईकेलका अनुसार अध्यक्ष दाहालको उम्मेदवारीमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम तामाङ, सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले समर्थन जनाएका छन् । 
 
त्यस्तै अध्यक्ष दाहाललाई नेकपा संयुक्तका जयदेब जोशी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाली जनता दलका हरिचरण साह, जनजागरण पार्टीका लोकमणि ढकाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका रुक्मिणी चौधरी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका रामकुमार राई, थरुहट तराई पार्टी नेपालका गंगा चौधरी,मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी, अखण्ड नेपालका कुमार खड्का, दलित जनजाति पार्टी नेपालका यसोदाकुमारी लामा र स्वतन्त्र सांसद चन्द्रेश्वर झाले समर्थन जनाएका छन् । 
 
प्रचण्डकाे पक्षमा ३५८ सांसद 
 
निर्वाचनमा अध्यक्ष प्रचण्डलाई कांग्रेसका २०७, माओवादी केन्द्रका ८१, सङ्घीय समाजवादीका १५, फोरम लोकतान्त्रिकका १४, राप्रपाका १२, तमलोपाका ११, सद्भावना पार्टीका ५, नेकपा संयुक्तका ३, थरुहट तराई पार्टी २, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका १, समाजवादी जनता पार्टी १, नेपाली जनता दल १, खुम्बुवान राष्ट्रिय मोर्चा १, अखण्ड नेपाल पार्टी १, दलित जनजाति पार्टी १, जनजागरण पार्टी १ र स्वतन्त्र सांसद एक गरी जम्मा ३ सय ५८ सांसदले समर्थन जनाउने भएका छन् । यो सङ्ख्या बुधबार मतदानको समयसम्ममा अझ बढ्नसक्ने नयाँ गठबन्धनका नेताहरुले बताएका छन् । 
 
प्रधानमन्त्रीको निर्वाचन बुधबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रारम्भ हुनेछ । संसद्मा हाल ५ सय ९५ सांसद छन् । संसद् नियमावलीअनुसार प्रधानमन्त्रीमा निर्वाचित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्याको बहुमत अर्थात २ सय ९८ मत ल्याउनुपर्छ । रासस 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC