site stats
बाह्रखरी :: Baahrakhari
खेल
भलिबलतर्फका दुबै कास्य श्रीलंकालाई

काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्त महिला भलिबलतर्फ कास्य श्रीलंकाले जितेको छ । 

आज भएको प्रतिस्पर्धामा माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै श्रीलंकाले कास्य पदक जितेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्रिपुरेस्वरस्थित राष्ट्रिय कर्भडहलमा पहिलो सेट २५-१३ ले जितेको श्रीलंकाले दोस्रो सेट २५–१८ तथा तेस्रो सेट २५–८ ले जितेको हो । यसअघि श्रीलंका सेमिफाइनलमा आयोजक नेपालसँग सोझो सेटमा हारेको थियो । पाकिस्तान नआएपछि वाकओभर पाएको माल्दिभ्स सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । 

अब भोली मंगलबार स्वर्णका लागि आयोजक नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । 

यस्तै पुरुष भलिबलतर्फ पनि श्रीलंकाले कास्य जितेको छ । बंगलादेशमाथि ३–१ को सेटमा जित निकाल्दै श्रीलंकाको पुरुष टोलीले कास्य जितेको हो । पहिलो सेट २५–२३ ले गुमाएको श्रीलंकाले पुनरागमन गर्दै जित निकालेको हो । दोस्रो सेट २५–२० ले जितेको श्रीलंकाले तेस्रो सेट २५–१६ र चौथो सेट २५–२१ ले जितेको थियो । 

स्वर्ण पदकका लागि अब भोली भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । पूरुष भलिबलमा भने आयोजक नेपाल समुह चरणबाट बाहिरिएको थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १९:०१
प्रतिक्रिया दिनुहोस्