राजनीति
काठमाडौं । आन्दोलनतरत मधेसी मोर्चाले सरकारलाई समर्थन गर्ने गरी संघीय गठबन्धन, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच त्रीपक्षीय सहमति भएको छ । व्यवस्थापिका संसदको कार्यालय बानेश्वरमा मंगलबार बसेको बैठकले शीर्ष नेताहरुबीच सहमति पत्रमा हस्ताक्षर भएको राष्ट्रिय मधेस समाजवादी पार्टी रामसपाका अध्यक्ष शरत् सिंह भण्डारीले जानकारी दिए ।
बैठकमा सरकार बनेपछि मन्त्रिपरिषद्ले मधेस आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा, छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने र संविधान संशोधनका लागि व्यवस्थापिका संसदमा विधेयक दर्ता गराउने तथा गठबन्धनले प्रचण्डलाई मत दिने सहमति भएको भण्डारीले बताए ।
“आन्दोलनमा मारिएकालाई सहिद घोषणा, घाइतेको उपचार खर्च, छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन, संघीयतको सीमांकनलगायतका विषयमा संविधान संशोधन विधेयक दर्ता गर्ने र गठबन्धनले प्रधानमन्त्रिको निर्वाचनमा प्रचण्डलाई मत दिने सहमति भएको छ ।” उनले भने ।
यी माग पूरा गरेपछि गठबन्धन पनि सरकारमा सहभागि हुने विषयमा छलफल हुने तर तत्काल भने गठबन्धन सरकारमा सहभागी नहुने भण्डारीको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३ १३:१६
प्रतिक्रिया दिनुहोस्