site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाली साङ्गीतिक क्षेत्रमा वार्षिक १५ अर्ब लगानी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा साङ्गीतिक क्षेत्रमा वार्षिक करिब १५ अर्ब रुपैयाँ लगानी हुने गरेको पाइएको छ । दैनिक करिब दुईसय गीत रेकर्ड हुन्छन् र त्यसको ८० प्रतिशतको म्युजिक भिडियो निर्माण लगानी हुँदा वार्षिक १५ अर्बको हाराहारीमा लगानी हुने गरेको हो ।  नेपालमा करिब दुईसय रेकर्डिङ स्टुडियो छन् । यसमा दुई दर्जन स्टुडियो काठमाडौं बाहिर छन् । दुईसयमा व्यावसायिक स्टुडियो डेढसय छन् भने होम स्टुडियोको संख्या ५० को हाराहारीमा छ । 

दुई सयवटा स्टुडियोमा प्रत्येकमा दैनिक कम्तिमा एउटाका दरले करिब दुई सयवटा गीत रेकर्ड हुने गरेको स्टुडियो सञ्चालक तथा संगीतकार बीबी अनुरागी बताउँछन् ।  एउटा गीत गीतकारसँग किन्दादेखि रेकर्ड गरेर मिक्सिङ गर्दासम्म औसतमा ६० हजार लगानी पर्छ । यद्यपि केही गायक गायिकालाई लिएको खण्डमा भने महङ्गो पर्ने गायक हेमन्त शर्मा बताउँछन् । 

गायिका विष्णु माझी एउटा गीत गाएबापत कम्तिमा एक लाख रुपैयाँ लिन्छिन् । यति महङ्गो पारिश्रमिक लिने उनी एक्ली गायिका हुन् ।  गीतकारले १० हजार, संगीतकारले १० हजार, गायकले १५ हजार, स्टुडियो चार्ज १० हजार, एरेन्जर १० हजार, बाजागाजामा ५ हजार लाग्ने गरेको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

दिनको दुईसय गीत रेकर्ड हुँदा महिनाको ६ हजार गीत रेकर्ड हुन्छन् । एउटा गीत तयार गर्न औसतमा ६० हजार रुपैयाँ लगानी लाग्छ । प्रतिमहिना ६ हजार गीत रेकर्ड हुँदा ६० हजारका दरले हरेक महिना ३६ करोड रुपैयाँका गीत रेकर्ड हुन्छन् । 

प्याकेजमै गीत तयार पारेर बेच्ने केही संगीतकारहरु पनि छन् । उनीहरुले कम्तिमा डेढ लाखदेखि सुरु गर्छन् । प्याकेजमै गीत बेच्नेमा प्रायः चलचित्रमा गीत बेच्नेहरु छन् ।  नेपालमा केही संगीतकार यस्ता पनि छन् जसले प्याकेजमा भिडियोसहितको गीत तयार पारिदिएको १५ लाखसम्म लिन्छन् । 

Global Ime bank

रेकर्ड भएका गीतमा ८० प्रतिशतभन्दा धेरैले म्युजिक भिडियो बनाउने गरेको बीबी बताउँछन् । “सिङ्गल ट्रयाकको जमाना आयो । सिङ्गल ट्रयाक गाउने अधिकांशले म्युजिक भिडियो बनाउँछन्,” उनी भन्छन् । 

एउटा म्युजिक भिडियो बनाउन गीतको लगानी छोडेर औसतमा १ लाख ८० हजार लाग्ने गरेको गायक हेमन्त शर्मा बताउँछन् । 

यद्यपि अहिले बजारमा लोकप्रिय मानिएका पल शाह, पुष्प खड्का, वर्षा राउत, आँचल शर्मा, स्वस्तिमा खड्का, केकी अधिकारीलाई लिएर भिडियो बनाउँदा भने प्रति म्युजिक भिडियो तीनलाख रुपैयाँ लाग्ने हेमन्तको भनाइ छ । यसबाहेक युट्युबमा चलेका कार्टुन क्रुज, भिमफेदी गाइज तथा भारतीय रियालिटी शोमा पुगेर फर्किएका केही ग्रुपले भिडियो तयार गरेको चारदेखि छ लाखसम्म लिने गरेका छन् । 

एक लाख ८० हजार रुपैयाँका दरले रेकर्ड भएका गीतको ८० प्रतिशत गीतको म्युजिक भिडियो बनाउँदा प्रतिमहिना ८६ करोड ४० लाख रुपैयाँ म्युजिक भिडियोमा मात्रै लगानी भैरहेको छ । 

म्युजिक भडियो र गीतमा गरेर प्रतिमहिना एक अर्ब २२ करोड ४० लाख रुपैयाँ लगानी भैरहेको छ । यो तथ्याङ्कका आधारमा नेपालमा प्रतिवर्ष गीत सङ्गीतमा मात्रै १४ अर्ब ६८ करोड ८० लाख रुपैयाँ लगानी भैरहेको छ । 

गायक हेमन्त शर्मा बलियो सिर्जनाभन्दा पनि व्यक्तिका पछाडि साङ्गीतिक बजार कुदिरहेको बताउँछन् । “अहिले बजारमा चलेको औसत लगानीभन्दा कममा पनि राम्रा गीत तयार पार्न सकिन्छ,” गायक शर्मा भन्छन्, “तर अहिलेको बजार सिर्जनाको स्तरभन्दा पनि व्यक्ति र लहडका पछि लागिरहेको छ ।”

साङ्गीतिक उद्योगमा अनपेक्षित लगानी भैरहे पनि त्यसको प्रतिफल भने लगानीकर्तालाई खासै नभएको संगीतकर्मी बताउँछन् । 

डिजिटल युग आएसँगै संसारभरका सङ्घसंस्था धनी हुँदै गए पनि नेपालका गायकगायिका भने गरिब हुँदै गएको प्रस्तोता समाजका निवर्तमान अध्यक्ष तथा गायक तुलसी पराजुली बताउँछन् । 

“डिजिटल प्लेटफर्म विकास हुँदै गएपछि संसारले फड्को मार्‍यो । तर नेपाली श्रष्टा भने गरिब हुँदै गएका छन्,” पराजुली भन्छन्, “डिजिटल मार्केट पारदर्शी हुन्छ भन्छन्, तर यहाँ कुनकुन पोर्टलमा आफ्नो गीतसंगीत बिक्री भएको छ भन्ने श्रष्टालाई नै थाहा हुँदैन ।” 

नेपालमा मात्रै गायकगायिका तथा संगीतकर्मीका सिर्जना निशुल्क प्रयोग भइरहेको उनको गुनासो छ । 

नेपालमा पनि प्रयोगकर्ताले डाउनलोड गरेर अथवा कुनै पनि माध्यमबाट प्रयोग गर्दा पैसा तिर्ने गरेको तर ब्रोकरहरुले श्रष्टाहरुलाई ठगिरहेको घिमिरेको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC