site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नक्कली चेक बनाएर बैंकबाट रकम चोरी, ६ जना पक्राउ
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रहरीले नक्कली हस्ताक्षर गरेर बैंक खाताबाट रकम झिक्ने समूहका छ जनालाई त्रफाउ गरेको छ । प्रहरीले बैंकका ग्राहकहरुको नक्कली हस्ताक्षर गरेर बैंकबाट रकम झिक्ने गिरोहका छ जनालाई साढे १८ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
 
प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल–३ घर भएका १९ वर्षीय सुभाष श्रेष्ठ र कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोट नगरपालिका–३ का २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोकको साबिक ज्यामिरे गाविस–९ का ३० वर्षीय गोविबन्द घिमिरेलाई पक्राउ गरिएको जनाएको छ । 

प्रहरीका अनुसार सुमन काठमाडौंको बुद्धनगर, गोबिन्द सुविधानगर र अन्य युवा कालिमाटी बस्दै आएका थिए । उनीहरुले बैंकमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको ‘सिग्नेचर’ चोरी गर्ने, ती व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ चेक बुक निकाल्ने र ‘सिग्नेचर’ मिलाएर लाखौं पैसा निकाल्ने गरेको देखिएको प्रहरीको भनाइ छ । 

Agni Group

प्रहरीले पक्राउ परेका युवाले खातावालहरुको सक्कली भिसा कार्डसमेत बनाएर प्रयोगमा ल्याएको देखिएकाले सम्बन्धित बैंकका कर्मचारीहरुको समेत मिलेमतो देखिएको आशंका गरेको छ । प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले बैंकका कर्मचारीको मिलेमतोको आशंकामा अनुसनधान प्रक्रिया अगाडि बढाइएको बताएका छन् । 

उनले पक्राउ परेका युवाबाट १८ लाख ५० हजार नगद, विभिन्न व्यक्तिको नागरिकताको दुई सय ९० थान प्रतिलिपी, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख गरिएको रजिष्टर, विभिन्न वयक्तिहरुको आठ सय २५ थान फोटोलगायतका सामानहरु बरामद गरिएको पनि जानकारी दिएका छन् ।

Global Ime bank

बरामद सामनहरू :-
    नेपाली नगद रू.१८,५०,०००।(अठार लाख पचास हजार)
    बिभिन्न व्यक्तिहरूको नागरिकताको प्रतिलिपि पाना २९० ।
    बिभिन्न व्यक्तिहरूको नाम र रकम उल्लेख गरिएको रजिष्टर थान २६ ।
    बिभिन्न प्रकार हस्ताक्षर नमुना र बिभिन्न ब्यक्तिहरूको नाम उल्लेख गरिएको डायरी थान २
    विभिन्न व्यक्तिको खाता खोल्न फोटो टासेको तयारी फाराम थान ३०० , १९५  जनाको विभिन्न व्यक्तिको वैंक स्टेटमेन्ट , 
    जनता बैक लि.बाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अबस्थाको चेकबुक थान १६ र काटिएको अवस्थाको चेकबुक थान ४१ ।
    ज्योती बिकाश बैक लि.बाट अन्जन बरालको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक थान १ ।
    एभरेष्ट बैक लि.बाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अबस्थाको चेकबुक थान २० र काटिएको अवस्थाको चेकबुक थान ३ ।
    माछापुच्छ्रे बैक लि.बाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अबस्थाको चेकबुक थान १७ र काटिएको अवस्थाको चेकबुक थान २ ।
    मुक्तिनाथ बिकाश बैक लि.बाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक थान ४१ र नकाटिएको चेकबुक थान १ ।
    एनआईसी एशिया बैक लि.बाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक थान ६८ ।
    बिभिन्न ब्यक्तिहरूको फोटो ८२५ थान ।
    एनआईसी एशिया बैकको ए.टि.एम.कार्ड थान ८२, तथा विभिन्न वैकको ए.टि.एम.कार्ड थान ७ ।
    बिभिन्न ब्यक्तिहरूको नाममा रकम उल्लेख गरी हस्ताक्षर गरेको अवस्थाका विभिन्न बैकबाट बिभिन्न ब्यक्तिका नाममा जारी भएका चेकहरू थान ३२९ ।
    अन्य वैकसंग सम्वन्धित विभिन्न डकुमेन्ट हरु अन्दाजि २ वोरा
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC