site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
महराजस्ता नेता कति छन् भनेर जनताले सोधेका छन् 
Sarbottam CementSarbottam Cement

शनिबार हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि सुरु हुँदैछ । दलहरु उपनिर्वाचनका लागि अन्तिम कसरतमा छन् । अहिले हुने निर्वाचनमा सरकार बन्ने र ढल्ने अवस्था नभए पनि दलहरुले यसलाई ‘मिनी जनमत संग्रह’का रुपमा लिएका छन् । 
शीर्ष नेताहरुलाई अहिले वडादेखि प्रदेश र संघसम्म हुने निर्वाचन क्षेत्रमा सम्बोधन गर्न भ्याइनभ्याइ छ । 

कास्की २ को प्रतिनिधिसभा, भक्तपुर, दाङ र बाग्लुङका तीन प्रदेशसभा र  स्थानीय तहका गरी ५२ पदमा १४ गते उपनिर्वाचन हुँदैछ ।

उपत्यकाको हकमा भक्तपुर–१ (क) मा पनि शनिबार मतदान हुँदैछ । सो क्षेत्रमा सत्तारुढ नेकपा, प्रतिपक्ष कांग्रेस र नेमकिपाबीच नै प्रतिष्पर्धा हुने देखिएको छ । उपनिर्वाचनको तयारी, घरदैलो अभियान, जनताका आकांक्षालगायतका विषयमा नेमकिपाका उमेदवार निरज लबजूसँग बाह्रखरीका अक्षर काका केशव सावदले गरेको कुराकानीः

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचनको तयारी कस्तो हुँदै छ ? 

हामी घरदैलो कार्यक्रम लगभग अन्तिम चरणमा छौं । घरदैलोसँगै ठाउँठाउँमा चुनावी सभा गरेर हामी हाम्रो विचार, धारणा र नेमकिपालाई मत दिनुपर्ने कारणका विषयमा बुझाउँदै छौं । त्यसबाहेक अरु भेटघाटका कार्यक्रमहरु पनि हुँदैछन् । यही हो हामी प्रचारात्मक कार्यक्रमहरु गरिरहेका छौं । 

Global Ime bank

यसअघिको निर्वाचनमा पनि उमेदवार हुनुहुन्थ्यो । त्यो बेलाको जनआकांक्षा र अहिलेको जनआकांक्षा कस्तो पाउनुभएको छ ? 

हामीले घरदैलो कार्यक्रम गरिरहँदा अहिलेका सरकारहरु स्थानीय तह, प्रदेश र संघीय सरकारप्रति जनताको असनतोष मात्रै होइन एक प्रकारको अक्रोश नै छ । उहाँहरु भनिरहनुभएको छ– खोई त विकास ? खोई त समृद्धि । 

सरकारहरु गठन भएका दुईवर्ष बितिसकेको छ । दुईवर्षको अन्तरालमा आफूले गरेका प्रतिवद्धता गरेका के कुराहरु पूरा भएका छन् ? हिजोको जीवन र आजको जीवनमा के अन्तर छ र ? त्यसकारण जसरी ज्वालामुखी विष्फोट हुनभन्दा अगाडि लाभाहरु हलचल हुन्छ त्यस्तो प्रकारको जनअसन्तोष र जनआक्रोश देखिन्छ । 

कस्तो प्रकारको जनआक्रोश ? 

सरकारले काम गरेन । सरकारले हिजो व्यक्त गरेका प्रतिवद्धताहरु पूरा गरेन । बरु सरकार एकपछि अर्को काण्डमा फस्दै गयो । बदनाम हुँदै गयो । निर्मला पन्तको हत्यारा–बलात्कारी को हो भनेर प्रश्न सोधे । कृष्णबहादुर महराजस्ता मान्छेहरु नेकपाभित्र कति जना छन् ? तिनीहरु कहिले बाहिर आउँछन् ? त्यस्तो विशिष्ट पदमा बसेको मान्छेले पनि अनैतिक काम गर्दा हाम्रो समाज कतातिर जान्छ ? 

एनसेलको कर किन मिनाहा गरियो ? चुनावको बेलामा चन्दा दिँदैमा राज्यले पाउनुपर्ने कर पनि मिनाहा गर्न मिल्छ ?

बालुवाटारको सार्वजनिक जग्गा निजीकरण गरियो, किन निजीकरण गरिएको हो ? निजीकरण गर्ने मान्छेलाई किन कारबाही गरिएन ? यावत यस्ता धेरै प्रश्नहरु मतदाताले राखे । यि प्रश्नहरु सरकारप्रति लक्षित थिए । 

यसका साथसाथै यो नगरकोट सडकका विषयमा पनि जनतामा तीव्र आक्रोश छ । किनभन्दा भने दुईवर्षमा सकिनुपर्ने काम सातवर्ष वितिसक्दा पनि पूरा हुन सकेको छैन । काम नसिकएको मात्रै होइन, कामको जिम्मेवारी पाउने ठेकेदारलाई अर्को ठेक्का दिइएको छ, मेलम्चीको पाइप ओछ्याउने काम दिइएको छ । 

के कुनै सत्तासिन दलको नेताको घरभेटी हुँदैमा शारदाप्रसाद अधिकारीलाई कानुन नलाग्ने ? कानुनको केही अर्थ हुँदैन । दुईवर्षमा सकिने काम सातवर्षसम्म नसक्काउँदा पनि अर्को काम दिने ? शारदाप्रसाद अधिकारीलाई कारबाही गर्न मिल्दैन ? शारदाप्रसाद अधिकारीलाई जेलमा हाल्न मिल्दैन ? भन्ने प्रश्न यतिखेर सुनिँदैछन् । 

अब नेमकिपाको एउटा सांसद थपिदैमा के हुन्छ त ? 

नेपाल मजदुर किसान पार्टीले अहिले पनि एउटा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरिराखेको छ । लोकतन्त्रको सबैभन्दा सौन्दर्य पक्ष भनेको प्रतिपक्ष हो । प्रतिपक्ष बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ । 

अहिले प्रतिपक्ष पनि कमजोर छ । नेपाली कांग्रेस आफैँ पनि एउटा कमजोर प्रतिपक्षको रुपमा देखिएको छ । उ आफैँ भागबण्डाको राजनीतिमा लागेको छ, पहिलो कुरा । दोस्रो कुरा, लामो समयसम्म देशमा शासन सत्ता चलाइसकेको भए पनि प्रतिपक्षको भूमिका खेल्न सकेको छैन । 

किनभन्दा नेकपाले कांग्रेसलाई तिम्रो पालामा के गरेका थियौ र ? भनेर प्रश्न गर्दा कांग्रेससँग जवाफ छैन ।

यस्तो अवस्थामा नेमकिपाको एकजना सांसद थपिनु भनेको प्रखर प्रतिपक्ष एकजना थपिनु हो । प्रखर प्रतिपक्षले सरकारलाई नियन्त्रण गर्छ । हामी सरकारका गलत क्रियाकलापहरुलाई नियन्त्रण गर्ने किसिमले अगाडि बढ्छौं । नेमकिपाको एक जना थपिँदाको विशेष महत्व भनेकै यही हो । 

जनताले बढीभन्दा बढी बजेट खोजिरहेका हुन्छन्, विकास खोजिरहेका हुन्छन् । तर नेमकिपा गयो भने उही संसद्को पछाडिको बेञ्चमा बस्ने र मेरो नियमापत्ति छ भन्ने मात्रै न हो । त्यो बाहेक अरु त केही देखिँदैन भन्छन् नि तपाईँहरुलाई प्रतिपर्धी दलले ?

हामीले विकास नगर्ने कहाँ भनेका छौं र ? हामी प्रदेशसभामा गएर त्यसो प्रकारको ऐन बनाउँछौंकि जसले हाम्रो गाउँको विकास गर्छ । त्यो गाउँठाउँ भनेको चाँगुनारायण मात्रै होइन, अथवा यो प्रदेश नम्बर १ ‘क’ मात्रै होइन । सिंगो १३ वटा जिल्लाहरुको विकासका विषयमा ऐन कानुन बनाउने हो । 

अर्को लास्ट बेञ्चमा बसेर नियमापत्ति गर्ने भन्ने आरोप छ नि, के उहाँहरु लोकतन्त्रको विरोध गर्न थाल्नुभएको हो ? उहाँहरु लोकतन्त्रको विरोधमा उत्रिनुभएको हो ? नियमापत्ति जनाउने, प्रतिपक्षले बोल्ने, प्रतिपक्षले हाउसमा कुरा राख्ने भनेको त लोकतन्त्रको सुन्दर पक्ष होइन र ? 

यही कुरा ल्याउनका निमित हामीले आन्दोलन गरेको होइन ? हिजो हामीले पञ्चायत किन फाल्यौं ? के उहाँहरु राणा शासनमा फर्किन खोज्नुभएको हो ? राणा–पञ्चायतकालमा पो कसैले विरोध गर्दैनथ्यो सरकारको । के अहिलेको नेकपाका नेताहरुले पनि नियमापत्तिको कुरालाई खिल्ली उडाएर लोकतन्त्र मास्न खोज्नुभएको हो ?

उहाँहरुले देशलाई राणा शासनकालमा फर्काउन खोज्नुभएको हो ? के उहाँहरुले यो देशमा अधिनायवादी शासन चाहनुभएको छ ? 

यो लोकतन्त्रको सामान्य जानकारी राख्ने मान्छेले गर्ने तर्क हुँदै होइन । सत्तापक्ष वास्तवमै लोकतन्त्रको पक्षमा हो भने त उहाँहरुले प्रतिपक्षीलाई प्रवर्धन गर्नुपर्छ । उहाँहरुले उत्साहित गर्नुपर्छ । हाम्रो के कमजोरी छ भन्दिनुस्, यो विधेयकमा के कमजोरी छ ल आउनुस् छलफल गरौं भन्ने वातावरण बनाउन सक्नुपर्छ । 

अर्को कुरा बजेटको जुन छ, के सरकारमा गएको राजनीतिक पार्टीको मान्छेमात्रै जितिसकेपछि बजेट आउँछ भन्ने कुरा हो भने कांग्रेसले जितेको ठाउँमा बजेट जाँदैन र ? अरु दलले जितेको ठाउँमा सरकारले बजेट पठाउँदैन ? 

यो त विकासमा पक्षपात भयो । सरकारमा भएको दलले आफूले जितेमात्रै बजेट पठाउने, नजिते नपठाउने भन्ने कुरा पूर्वाग्रह भयो । यो राजनीतिक संस्कृति नै भएन । यो त अधिनायकवादी चिन्तन भयो । पञ्चायती शासन व्यवस्था भयो । हाम्रो तर्क यो हो । त्यस कारण विकास सरकारको दायित्व हो । सांसदहरुको काम भनेको ऐन कानुन बनाउने हो । विकासको जिम्मेवारी सरकारको हो । सत्तारुढ नेकपाका साथीहरु हामी सरकारमा छौं र बजेट ल्याउन हामी मात्रै सक्छौं भनिरहुनभएको छ । यो अत्यन्त गलत कुरो गरिरहनुभएको छ । 

यो क्षेत्रको विकासका लागि नेमकिपाले कस्ता कस्ता योजनाहरु बनाएको छ ? 

राजनीतिक रुपमा हामी प्रखर प्रतिपक्षको रुपमा संसदमा भूमिका निर्वाह गर्नेछौं । प्रदेशसभामा गएर हामी सरकारमा सहभागी हुँदैनौं । मन्त्री बन्नका लागि हामी चुनाव लडिरहेका हैनौं । यहाँ केही मान्छेले चुनाव जितिसकेपछि मन्त्री बन्छु भन्ने कुराहरु गरिराखेको सुनिन्छ । यस्तोखालको प्रचारबाजीले अन्ततः राजनीतिप्रति जनाको वितृष्णा बढाउँछ कालान्तरमा गएर । यसले हामीलाई सही ट्रयाकमा लग्दैन भन्ने मेरो धारणा हो । 

यो क्षेत्रमा नेमकिपाले लगातार संसदमा जित्दै आएका छौं । र संसद विकास कोषको सबै रकम यही क्षेत्रमा खर्च गरिरहेका छौं । हामी निर्वाचित भएर भएसकेपछि जसरी भक्तपुर नगपालिकामा शिक्षा स्वास्थ्य र पर्यटनका क्षेत्रमा जसरी काम गरेका छौं त्यसै गरी अब चाँगुनारायण नगरपालिकामा पनि शिक्षा स्वास्थय र पर्यटनका क्षेत्रमा उदाहरणिय ठाउँको रुपमा विकास गर्नेछौं ।  

यहाँको जति पनि सम्पदाहरु छन् तिनीहरुको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेछौं । यहाँको विकास निर्माणमा भइराखेको भ्रष्टाचारविरुद्ध हामी लड्नेछौं । त्योबाहेक जनताका सानातिना आवश्यकताहरुमा हामी हातेमालो गरेर हगाडि बढ्ने छौं । 

यो क्षेत्रमा नेमकिपाले चुनाव जित्ने आधारहरु के छन् ? 

जितका आधारहरु धेरै छन् । पहिलो, यो क्षेत्रमा नेमकिपाको लामो समयदेखिको यहाँका जनताहरुसँगको निकटको सम्बन्ध छ । यहाँका जनताले नेमकिपालाई चिनेका छन्, नेमकिपाले जनतालाई चिनेको छ । यसकारण लगातार हामीले विगत लामो समयेदेखि नै यो क्षेत्रको पूर्वाधार विकासको निम्ति काम गर्दै आएका छौं । त्यसकारण यहाँका जनताले नेमकिपालाई हिजो पनि विश्वास गरेका थिए र आज पनि विश्वास गर्छन् । 

दोस्रो, अहिले सत्तापक्ष प्रतिको जनआक्रोश, जनअसन्तोष छ । अब विकल्प खोज्नुपर्छ भन्ने भावना जनतामा छ । उपनिर्वाचनमा सत्तासिन पार्टीलाई सजाय गर्नुपर्छ भन्ने जनभावनाले पनि जितको आधारहरु देखिन्छ । 

 
 
  

     
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  ०७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC