site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीलाई आलमको धम्कीः तपाईँलाई नै हतकडी लगाउँछु !

काठमाडौं ।  रौतहट बम विस्फोटका घाइतेलाई ज्युँदै इट्टाभट्टामा हालेर मारेको आरोपमा पुर्पक्षका लागि जेल चलान गरिएको सासंद मोहम्मद आफताब आलमले प्रहरीलाई नै धम्की दिएको भिडियो सार्वजनिक भएको छ ।  पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद समेत रहेका आलमले  पक्राउ परिसकेपछि प्रहरीको भ्यानभित्रै मान्छे मार्नेदेखि जिल्ला अशान्त बनाउनेसम्मको चेतावनी दिएको पाइएको छ । 

भिडियोमा आलमले आफूलाई पक्राउ गर्न जाने प्रहरीलाई हतकडी लगाउने चेतावनी दिएका छन । प्रहरी भ्यानमा लैजाँदै गर्दा आलमले भनेका छन्,‘‘यो जिल्लामा आग लाग्छ, आग । जिल्लाभर अशान्ति हुन्छ । आगो लाग्छ ।’’ आलमलाई बीचबीचमा प्रहरीले प्रश्न समेत गरेको छ । प्रहरीले माननीयज्यू, अशान्ति हुन्छ, आगो लगाउँछु, मान्छे मार्छु भन्न कहाँ मिल्छ ? भन्ने प्रश्नमा समेत आलमले भनेका छन्,‘‘ अब असहज परिस्थिति निर्माण हुन्छ, त्यसको जिम्मेवारी तपाईं र एसपीले लिनुपर्छ । मलाई तपाईंले जुन व्यवहार गर्नुभयो, त्यसको भुक्तभोगी तपाईं र एसपी हुनुहुन्छ ।’’

प्रदेश नम्बर दुईका डीआईजी प्रद्युम्न कार्कीले आलम प्रकरणको अनुसन्धान जारी रहेको बताए । उनले भने,‘‘अन्तिम फैसला नभएसम्म प्रमाण,साक्षी सबैको सुरक्षा गर्ने दायित्व प्रहरीको हो । अपराध र अपराधीविरुद्ध प्रहरी कानुनी कठोरतासाथ प्रस्तुत हुन्छ । अनुसन्धानमै रहेकाले धेरै कुरा बोल्न मिल्दैन ।’’

आलमले १२ वर्षअघि निर्वाचनपूर्व रौतहटमा आफैँले बनाउन लगाएको बम विस्फोटमा परेर मृत्यु भएका र घाइते भएका समेतलाई इँटाभट्टामा जलाएको आरोप पक्राउ परेका थिए । आलमलाई पुर्पक्षका लागि शुक्रवार जेल चलान गरिएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  ०५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro