site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
सरकार परिवर्तन र कालापानी विवाद उत्कर्षमा 
Sarbottam CementSarbottam Cement

गएको साता नेपाली छापा माध्यमका मुख्य दैनिक पत्रिका नेपाल र भारतबीचको कालापानी सीमा विवादबारे नै केन्द्रित रहे । तर, मन्त्रिपरिषद् पुनर्गठनको विषय पनि महत्त्वका साथ उठाइएको थियो । त्यस्तै १२ वर्षअघि एक बम विस्फोटमा परेर मरेका र घाइतेलाई समेत जिउँदै ईंटाभट्टामा जलाएको आरोप लागेका पूर्वमन्त्री आफताव आलमको मुद्दा पनि दैनिक पत्रिकाको प्रमुख चासोको विषय बनेको देखियो । 

कालापानीको विषयमा वार्ता गर्न भारत सकारात्मक देखिएको समाचारलाई सोमवारका राजधानी तथा कान्तिपुरले प्रथम पृष्ठमा स्थान दिए । राजधानीको समाचारअनुसार कालापानी सीमा विवाद समाधानको विषयमा विदेश सचिवस्तरीय संयन्त्रको बैठकमा छलफल गर्नसक्ने संकेत दिइएको छ । राजधानीका निराजन पौडेलले लेखेको समाचारअनुसार सो संकेतको जानकारी नेपालको परराष्ट्र मन्त्रालयले दिएको हो । सो वार्ता नेपालमा बंगलादेशको राष्ट्रपतिको भ्रमणपछि हुने पनि भनिएको छ । बंगलादेशका राष्ट्रपति चारदिने नेपाल भ्रमण समाप्त गरी गत शुक्रवार स्वदेश फर्किएका छन् ।  

कान्तिपुरमा सुरेशराज न्यौपानेले संप्रेषण गरेको समाचारमा सचिव स्तरीय वार्ता हुने विषयलाई महत्त्व दिइएको छ । साथै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय विदेश सचिव विजयशेखर गोखलेबीच भएको भेटमा पनि सीमा विवादबारे छलफल भएको न्यौपानेले नयाँ दिल्लीबाट लेखेका छन् । सोही दिनको अंकमा कान्तिपुरले दार्चुलाको सीमा प्रशासन चार वर्षदेखि बन्द भएको, सीमासम्म नेपालका प्रहरी पुग्न नसकेको र नवलपरासीको सीमा विवादमा पनि सिमलको रुख सीमा स्तम्भ भएको समाचार दोस्रो पृष्ठमा प्रकाशित गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ पत्रिकाको सोमवारको अंकमा कालापानी क्षेत्रमा भारतीय फौजका आठ क्याम्प रहेको समाचार आठ कोलममा ब्यानर बनेको छ । नयाँ पत्रिकाले त्यस क्षेत्रको ठूलो तस्बिरसहित नेपालले २०१८ मा जनगणना गराएको क्षेत्रको नक्सा, महाकाली नदीको उदगम्स्थल लिम्पियाधुरा तथा अहिले भारतीय सेना अघि बढेर आएको कालापानीसम्मको स्पष्ट चित्र प्रकाशित गरेको छ । नयाँ पत्रिका संवाददाता पद्म बडालले पठाएको समाचारअनुसार नेपाली भूमि कालापानी मात्र होइन, गुन्जी र नावीढाङमा पनि भारतीय फौजका आठ क्याम्प रहेको समाचारमा जनाइएको छ । 

नागरिकमा दिलबहादुर छन्त्यालको रिपोर्टअनुसार सारा देशले भारतीय अतिक्रमणको विरोध गरे पनि सीमानजिकका छाङर र तिंकर बासिन्दा भने खुलेर बोल्न सकेका छैनन् । आफ्नो देशले वास्ता नगरेका कुटी, नाभ्री र गुन्जी गाउँका बासिन्दा २०१८ सालको जनगणनामा गणना गरिएका र बैतडी मालपोत कार्यालयमा तिनले मालपोत बुझाएका भए पनि अहिले भारतले आफ्नो नागरिक बनाइसकेको पनि नागरिकको समाचारमा जनाइएको छ । 

Global Ime bank

कालापानीको विषयमा मंगलवार पनि दैनिक पत्रिकाले विभिन्न सामग्री प्रकाशित गरे । नयाँ पत्रिकाले महाकाली नदीको पानीमा भएको महाघातको समाचारलाई आठ कोलममा प्रकाशित गरेको छ । भारततर्फ १० हजार क्युसेक पानी गएकोमा नेपालको नहरमा १५० क्युसेकमात्र रहेको पनि सो समाचारमा जनाइएको छ । नयाँ पत्रिकाका तेजराज भट्ट र मोहन विष्टले महेन्द्रनगरबाट पठाएको तथा काठमाडौंबाट प्रवीण देवकोटा र पुष्प कोइरालाले बनाएको समाचारमा २४ वर्षअघि भएको एकीकृत महाकाली सन्धिमा महाकाली नदीको पानी असमान ढंगले वितरण गर्ने सम्झौता भएको लेखिएको छ । 

अन्नपूर्ण पोस्टमा सुन्दरसिंह धामीले लेखेको कालपानी क्षेत्रमा सुरक्षा शून्य भएको समाचार प्रकाशित गरिएको छ । साथै सुरेन्द्र काफ्लेले नेपालको नक्सा कस्तो हुनुपर्छ भनेर लेखेको समाचार पनि पोस्टले मुख्य बनाएको छ । यस्तै व्यहोराको समाचारलाई कान्तिपुरले पनि मंगलवारको दिन मुख्य बनाएको छ । 

हिमालय टाइम्सले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरा समेटेर नयाँ नक्सा बनाउन निर्देशन दिएको समाचार प्रकाशित गरेको छ । नेकपा सचिवालयमा पनि छलफल भएको र सरकार नेपालको पक्षमा प्रमाण जुटाउन व्यस्त भएको अर्को समाचार पनि टाइम्सले प्रकाशित गरेको छ । 

सरकार पुनर्गठनको तयारी
गत साताका दैनिक पत्रिकाले सरकार पुनर्गठनका विषयमा पनि महत्त्वका साथ समाचार प्रकाशित गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले बीस महिनाको सेवा अवधि पूरा गर्ने क्रममा करिब एक दर्जनपल्ट मन्त्रिपरिषद् पुनर्गठनको समाचार मिडियामा आइरहेका छन् । तर, यसपल्टको हल्ला सही हुने संकेत देखिएको छ । प्रधानमन्त्रीले निजी सचिवालयमा फेरबदल गरेको कारण पनि मन्त्रिपरिषद् परिवर्तन गर्ने हल्ला सही  भएको अनुमान धेरैले गरेका हुन् ।

गत साताको सोमवार कान्तिपुरमा बबिता शर्माले मन्त्रिपरिषद् पुनर्गठनको तयारी सम्बन्धमा समाचार लेखिन् । १४ गतेको उपचुनावअघि नै मन्त्रिपरिषद्को पुनर्गठन हुने संभावना रहेको अज्ञात स्रोतलाई उल्लेख गर्दै समाचार प्रकाशित गरिएको छ । 
यही समाचार सोही दिन अन्नपूर्ण पोस्टले पनि मुख्य समाचार बनायो । रामकृष्ण अधिकारीले लेखेको समाचारका अनुसार यस विषयमा नेकपामा सघन छलफल भएको र दुई अध्यक्षबीच गम्भीर छलफल भएको छ । सो समाचारका अनुसार कम्तीमा आठ मन्त्री फेर्ने तयारी भएको र प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सो पदबाट राजीनामा गराएर मन्त्री बनाउने संकेत पनि अज्ञात स्रोतलाई उद्धृत गर्दै लेखिएको छ । 

आलम आतंक

पूर्वमन्त्री मोहम्मद आफताब आलमले १२ वर्षअघि निर्वाचन पूर्व रौतहटमा आफैँले बनाउन लगाएको बम विस्फोटमा परेर मृत्यु भएका र घाइते भएका समेतलाई इँटाभट्टामा जलाएको आरोपमा मुद्दा चलिरहेको छ । यस विषयमा गएको साता दुईवटा समाचार चर्चामा रहे । पहिलो आलमको पक्षमा वकालत गर्न गएका वरिष्ठ वकिलहरूको लामो सूची । नयाँ पत्रिकाले आठ कोलममा ‘आलमको पक्षमा वरिष्ठ अधिवक्ताहरूको परेड’ शीर्षकमा ब्यानर समाचार प्रकाशित ग¥यो । सो समाचारअनुसार बारका तीन पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी तथा पूर्व महासचिव द्वय रमण श्रेष्ठ र सुनील पोखरेलसहित ३३ अधिवक्ताले आलमको पक्षमा बहस गरेको वा गर्न तयारी गरेको देखिएको छ । यस विषयमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ सामाजिक प्रतिष्ठाको कुरा नगरी व्यावसायिक इमानदारीको कुरा गरौँ भनेर विवादमा तानिए । नयाँ पत्रिकाले अधिवक्ता ओम प्रकाश अर्यालको भनाइ पनि प्रकाशित गर्‍यो, जसमा उनले आलमको संरक्षण गर्न खोज्नु सामाजिक मर्यादामात्र होइन कानुनको पनि उल्लंघन हो भनेर प्रतिवाद गरे । 

आलमलाई पुर्पक्षका लागि शुक्रवार जेल चलान गरियो । यो समाचारलाई सबै दैनिकले महत्त्वका साथ प्रकाशित गरे । नयाँ पत्रिकाले यस विषयलाई रोचक कोणबाट हेर्ने प्रयास ग¥यो । रौतहटबाट अशोक पहाडी तथा काठमाडौंका नवराज मैनालीले लेखेको समाचारमा आलमका पक्षले जाहेरवाला र साक्षीलाईमात्र धम्की दिएको नभई न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए । अदालतको स्रोत उल्लेख गर्दै नयाँ पत्रिका लेख्छ, पूर्पक्षका लागि आलमलाई जेल पठाउने न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यापरिषद्लाई आग्रह गरेका र आफूले आदेश दिएलगत्तै शुक्रवार साँझ नै जिल्ला छाडेका छन् । आलमविरुद्ध बहस गर्ने जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणीन्द्रराज कटवाल पनि सरुवाको माग गर्दै शुक्रबार नै रौतहटबाट हिँडेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC