site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौँ । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद्मा अाज उमेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी प्रकाशन गरेको कार्यक्रम  अनुसार बिहान ११ देखि ४ बजेसम्म उमेदवारी दर्ता गर्ने समय तय भएको छ । दिउसो साढे चार बजे उमेदवारको नामावली प्रकाशन गरिनेछ । भोली बिहान ११  बजे हुने संसद्को बैठकमा मतदान हुनेछ । संसद् नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति तथा निर्वाचन कार्यक्रम प्रकाशन गरिएको हो ।

प्रधानमन्त्रीको निर्वाचनका लागि व्यवस्थापिका संसद्मा भोली मतदानको मिति तोकिएको छ । सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि व्यवस्थापिका–संसद्ले बहुमतीय प्रक्रिया सुरु गरेको हो ।

प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३  ०९:०१
प्रतिक्रिया दिनुहोस्