site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अफगानिस्तानसँग महिला भलिबल टोलीको परीक्षा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली आज प्रथम एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अफगानिस्तानको सामना गर्दैछ । च्याम्पियनसिपमा विजयी सुरुआतको रणनीतमा रहेको नेपाली टोली अफगानिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार ढाकास्थित सहिद सुहरावर्दी इन्डोर स्टेडियममा दिउँसो पौने १ बजे सुरु हुनेछ । 

तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी अफगानिस्तान र लामो समयअछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपाली खेलाडीका लागि परीक्षा सरह छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लामो समयको तयारी र दुई साताअघि थाइल्यान्डमा अभ्यासका क्रममा देखिएका कमजोरी सुधारसँगै उत्कृष्ट प्रदर्शन यसै प्रतियोगितामार्फत देखाउने भएकाले पनि प्रशिक्षक जगदिश भट्टले यसलाई परीक्षाका रुपमा लिएका छन् । टोलीले थाइल्याड भ्रमणका क्रममा अभ्याससँगै मैत्रीपूर्ण खेल खेलेको थियो । स्वदेश  फर्किए लगत्तै ढाका पुगेको नेपाली टोली पहिलो पटक आयोजना गरिएको च्याम्पीयनसिपमा स्वर्ण पदकसहित यादगार बनाउने योजनामा छ । 

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, कीर्गिस्तान, माल्दिभ्स र अफगानिस्तान छ । राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा सरस्वती चौधरी, प्रतिभा माली, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा कुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement