site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रुपज्योती र छोरी सुरुचीलाई तीन दिनको म्याद थप
Sarbottam CementSarbottam Cement

काठमाडौं । अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी अभियोगमा बिहीबार पक्राउ परेका व्यवसायी रुपज्योती कंसाकारलाई तीन दिनको म्याद थप भएको छ । 

काठमाडौं जिल्ला अदालतले पक्राउ भएको मितिबाट लागु हुने गरी तीन दिन म्याद थप गरेको हो । काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठका अनुसार रुपज्योती र उनकी छोरी सुरुचीलाई तीन दिनको म्याद थप गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरले भने पाँच दिनको म्याद माग गरेको थियो । प्रहरीले बिहिबार बेलुका विमानस्थलबाटै रुपज्योतीलाई पक्राउ गरेको थियो । त्यस्तै छोरी सुरुचीलाई पनि प्रहरीले बिहीबार राति नै नियन्त्रणमा लिएको थियो । 

पूर्वअर्थ सहायक मन्त्रीसमेत रहेका उनी प्रतिष्ठित व्यापारिक घराना ज्योती ग्रुपका सदस्यसमेत हुन् । 

Global Ime bank

अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी मुद्दामा पूर्वअर्थ सहायक मन्त्रीसमेत रहेका रुपज्योतिलाई काठमाडौं जिल्ला अदालतले २०७५ मंसिर २० गते पक्राउ गर्न आदेश दिएको थियो । त्यसपछि उनी काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएका थिए ।

तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरेपछि उनी प्रहरीको खोजी सूचीमा थिए।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC