site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मैले वार्तामा बोलाउँदा लामो तमसुक लेखे, अहिले एमालेलाई नै कुइनाले ठेल्दै आए : प्रधानमन्त्री
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीति विसं.००७ सालदेखि नै उल्टो यात्रामा भएको टिप्पणी गरेका छन् । तुलसीलाल स्मृति प्रष्ठिानले सोमबार आयोजना गरेको कार्यक्रममा उनले परिवर्तन नचाहने शक्तिले मुलुकमा राजनीतिक स्थायित्व हुन नदिएको जिकिर गरे ।
“हामीले स–साना कुरामा पनि सहमति गरेर संविधान जारी गर्यौँ । नेपालमा संविधान बन्यो, अब बिकासको बाटोमा अघि बढ्छ भनेर केही शक्ति लाग्यो, त्यसले कांग्रेस–माओवादी केन्द्रलाई उपयोग गर्यो,” प्रधानमन्त्री ओलीले भने, “यसतर्फ सबै देशभक्त सचेत हुनुपर्छ ।”
उनले  ठूलो दललाई बाहिर राखेर ०५३ सालमा जस्तै त्रिशंकु सरकार बनाउन खोजिएकाले त्यसले राष्ट्रिय कार्यभार पूरा गर्न नसक्ने ठोकुवा गरे । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले मधेसकेन्द्रित दल अरु बेला आन्दोलन गरेर बस्ने एमालेविरुद्ध मत हाल्ने बेलामा एकजुट हुने गरेको भन्दै आश्चर्य व्यक्त गरे । “मेरो नेतृत्वको सरकारले वार्तामा बोलाउँदा तमसुक भन्दा लामो लेखेर पत्र पठाउनु भयो, सम्बाद गर्न आनाकानी गर्नु भयो, अहिले एमालेलाई पाखा लगाउन कुइनाले घँचेट्दै संसद्मा आइपुग्नु भएको छ,” उनले भने, “यसबाट प्रष्ट हुन्छ उहाँहरूको कुनै माग पूरा हुन छैन, आन्दोलनका नाममा सत्ताको बार्गेनिङ मात्रै छ ।”
उनले संविधानले नै मधेसको मुद्धा सम्बोधन गरिसकेको भन्दै मधेस केन्द्रित दलको माग पूरा भइसकेको जिकिर गरे । 
 
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  १५:१२
प्रतिक्रिया दिनुहोस्