site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सिन्धुपाल्चोक । एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा सम्पन्न भएको छ । 

विजयादशमीको भोलिपल्ट असोज २२ गते दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने जात्रा आज सम्पन्न भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

१३ औं शताब्दीको मल्लकालदेखि शुरु भएको उक्त जात्रा यहाँबाहेक अन्यत्र कतै नभएको र तौथलीको त्रिपुरासुन्दरी माईको मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । आसपासका गाउँका गाईभैँसीले सधँै दूध दिइरहुन् भन्ने विश्वासमा देवीलाई दही चढाउने परम्परा रहँदै आएको छ । एकले अर्कालाई दही छ्यापाछ्याप गर्दा सहभागीको अनुहारसमेत चिन्न मुस्किल पर्ने र छ्यापेको दही बगेर पैदल हिँड्नसमेत असहज हुने स्थानीय बासिन्दा बताउँछन् ।  

जात्रामा करीब आठ÷१० वर्षअघिसम्म प्रशस्त दही जम्मा भई जात्रामा खोलो नै बग्ने गर्दथ्यो । तर गाउँमा चौपाया पाल्ने किसानको कमी हुन थालेपछि दही आउन पनि कम हुँदै गयो । त्यसलाई दृष्टिगत गरी यस वर्ष दही खरीद गर्न पालिकाले रु दुई लाख र चन्दा सङ्कलनबाट रु दुई लाख गरी रु चार लाख जम्मा भएकाले पुनःपहिलेकै अवस्थामा दहीको खोलो बगाउने योजना रहेको अध्यक्ष श्रेष्ठ बताउछन् । 

Global Ime bank

द्वापरयुगमा कौरव र पाण्डवको कलहका कारण पाण्डव जुवा हारेपछि १२ वर्ष वनबास र एक वर्ष गुप्तबास बसेको महाभारतमा उल्लेख छ । उनीहरु गुप्तबास बसेको ठाउँ दोलखा भएको अनुमान गरिएको छ । गुप्तबास बस्दा अरुबाट चिनिने डरले उनीहरूले पाल्छी भाषा अर्थात् कोड भाषा प्रयोग गरेका थिए । दोलखा र तौथली डाँडाबारी र पारी पर्ने हुँदा दुवै स्थानका नेवारले बोल्ने भाषा प्रायः मिल्दोजुल्दो छ । दोलखाका नेवार समुदायले बोल्ने भाषा तौथलीबाहेक नेपालका कुनै पनि स्थानमा बोल्दैनन् र बुझ्न पनि कठिन पर्दछ । दोलखामा जस्तै तौथलीमा पनि भिमसेनको मन्दिर रहेको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC