site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति
Sarbottam CementSarbottam Cement

चितवन । चितवनमा बाला झुलेर पाक्न लागेको धानमा मंगलबार बेलुका आएको वर्षा र हावाहुरीका कारण क्षति पुगेको छ । 

जिल्लाका अधिकांश क्षेत्रमा यसको असर परेपनि मुख्यतयाः धानको पकड क्षेत्र पूर्वी चितवनमा धानको बोट र बाला हावाहुरी र वर्षाले झारेको छ । सबैजसो किसान दसैंको टीकाको दिनमा व्यस्त भए पनि भोलिपल्ट धानबारीमा गएर हेर्दा अधिकांश धानका बोट काम नै नलाग्ने गरी ढलेको उनीहरु  बताउंँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १ देखि ६ वडामा बाला झुलेको धानबालीमा हावा र वर्षाका कारण बोट र बाला झरेको स्थानीय कृषक  धर्मराज कँडेलले बताए । उनको जस्तै अन्य किसानको पाक्न लागेको धानमा क्षति पुगेको छ । राप्ती नगरपालिका वडा नम्बर ६ का दिपक त्रिपाठीको पनि एउटा धान ठाडो छैन । “धान पनि सबै ढल्यो, बाला पनि काम लाग्ने अवस्थामा छैन,” उनले भने । राप्ती नगरपालिका लगायत रत्ननगर नगरपालिकाका अधिकांश झुल्न लागेका धानमा हावाहुरी धान ढलाएर सोत्तर पारेको छ । 

रत्ननगर नगरपालिका वडा नम्बर ६ का किसान होमनाथ सापकोटा भन्छन्, “रातभर जाग्राम भएर गैंडाको मुखबाट जोगाएको धान क्षणभरमै हावाहुरीले सखाप पार्यो ।”  यसभन्दा अघि अविरल बर्षाले धानमा केही क्षति नभए पनि मंगलबार बेलुका हावाहुरी र घनघोर वर्षाका कारण धान काम नलाग्ने अवस्थामा रहेको उनले बताए । 

Global Ime bank

पूर्वी चितवनमा भन्दा पश्चिम चितवनमा केही ढिला धान रोप्ने गरिएकोले त्यस्तो क्षति नभएको भरतपुर महानगरपालिका वडा नम्बर २२ का चित्रसेन अधिकारी बताउंँछन् । 

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा गरिमा, गोरखनाथ, युएस ३१२ जातका आयातीत हाइब्रिड र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावा मन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् । गत वर्ष धान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षे धान २८ हजार ५०० हेक्टरमा लगाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC