site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले दोस्रो विकेट गुमायो, अर्का ओपनर आउट 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो विकेट गुमाएको छ । १० ओभर हुँदा नेपालले ७३ रनको अवस्थामा पाण्डेको विकेट गुमाएको हो । 

पाण्डेको विकेट आयरल्यान्डका ग्यारेथ डेलानीले झारे । यसअघि नेपालले पावरप्लेको समाप्तिमा ४५ रन बनाएको थियो । नेपालले कप्तान पारस खड्काको २५ रनमा आउट भइसकेका छन् । नेपाली टिमको स्कोर ३५ छँदा लागि ओपनिङ ब्याट्सम्यानका रुपमा आएका पारसले १४ बल खेलेर २५ रनमा आउट भएका हुन् । 

यसअघि पल स्टर्लिङका ५९ रनको अर्धशतकीय पारीमा मद्दतमा आयरल्यान्डले १४५ रन बनाएको थियो । यसैगरी एन्डि बालबिनीले ३८ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट, अभिनास बोशोराले ४ ओभरमा २२ रन खर्चेर २ विकेट तथा ललित राजवंशीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । यसैगरी करन केसीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट दिए । पहिलो दुई खेल विजयी नेपाल तेस्रो जितको खोजीमा छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १३:४८
प्रतिक्रिया दिनुहोस्