site stats
बाह्रखरी :: Baahrakhari
देश
कृष्णबहादुर महरालाई हिरासतमै अक्सिजन  

फाइल तस्बिर


काठमाडौं । आइतबार सभामुख निवास बालुवाटारबाट पक्राउ गरिएका कृष्णबहादुर महरालाई हिरासत कक्षमा अक्सिजन दिइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महरामाथि असोज १२ गते संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित शाहीले जबरजस्ती करणी उद्योगमा महराविरुद्ध शुक्रबार किटानी जाहेरी दिएकी थिइन् । 

उक्त जाहेरीका आधारमा आइतबार प्रहरीले महरालाई पक्राउ गरेको हो । महराको उच्च रक्तचापसँगै श्‍वासप्रश्‍वासको समस्या देखिएपछि हिरासत कक्षमै अक्सिजन दिइएको महानगरीय प्रहरी परीसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् । 

उनलाई चिकित्सकको टोलीले स्वास्थ्य चेकजाँज गरेको थियो । महराले आवश्यक परेको समयमा अक्सिजन लिने र सामान्य अवस्थामा अक्सिजन मास्क खोल्ने गरेका छन् ।

महरा असोज १२ गते राति महरा तीनकुनेस्थित पीडित रोशनीको कोठामा गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  १७:४०
प्रतिक्रिया दिनुहोस्