site stats
बाह्रखरी :: Baahrakhari
देश
सञ्‍चारकर्मी आचार्यको निधन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । वरिष्ठ सञ्‍चारकर्मी राजेन्द्रदेव आचार्यको निधन भएको छ । नेपाल टेलिभिजनका नायब महाप्रबन्धक एवम् समाचार निर्देशकसमेत भइसकेका आचार्यको आइतबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

कलेजोको समस्याबाट पीडित आचार्यले २१ वर्षसम्म नेपाल टेलिभिजनमा समाचार प्रमुख भएका काम गरेका थिए । ६१ वर्षीय आचार्यका एक छोरी, श्रीमती र आमा छन् । 

केही समय पहिले अमेरिकामा हृदयाघातका कारण उनका छोराको निधन भएको थियो । उनी लामो समय सम्म रत्नराज्य लक्ष्मी कलेज लगायतमा पत्रकारिता विषयको प्रशिक्षणमा समेत सहभागी थिए । 

प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  ०९:०२
प्रतिक्रिया दिनुहोस्