site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानले युद्धविराम उल्लंघन गर्‍यो, कडा जवाफ दिन्छौँ : इजरायल

काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले कतार र अमेरिकी राष्ट्रपतिको मध्यस्थता गरेको युद्धविराम सम्झौता लागु भएको दुई घण्टापछि इरानले उल्लंघन गरेको आरोप लगाएका छन् । इरानले युद्धविराम सुरु भएपछि इजरायलमा मिसाइल प्रहार नगरेको दाबी गरेको छ ।

तर, इजरायलले युद्धविराम उल्लंघनको कडा जवाफ दिने बताएको छ । रक्षामन्त्री काट्जले एक वक्तव्यमार्फत इरानले युद्धविराम उल्लंघन गरेको आरोप लगाएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले इजरायली सेनालाई तेहरानको मुख्य क्षेत्रमा ठूलो आक्रमण गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।

"मैले इजरायली रक्षा बललाई इरानको युद्धविराम उल्लंघनको जवाफमा कडा कारबाही गर्न आदेश दिएको छु," मन्त्री काट्जको वक्तव्यमा उल्लेख छ ।

इरानको सुरक्षा परिषद्ले कुनै पनि थप आक्रमणको जवाफमा निर्णायक र कठोर जवाफ दिइने चेतावनी दिएको छ ।

बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्