site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हजारौं गोविन्द केसी जन्माउनुपर्छः संयोजक भट्टराई
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
दाङ। नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले जनताले दुःख पाइरहेको बेला पुराना राजनीतिक दलहरु सत्ताको निम्ति पुरानै झगडामा लागेको बताएका छन् । 
नयाँ शक्ति नेपाल प्रदेश नं. ५ ले आइतबार दाङमा आयोजना गरेको राष्ट्रिय भेला भाव सम्प्रेषण कार्यक्रममा उनले भने, “यति धेरै बलिदानीबाट देशमा गणतन्त्र आयो, नयाँ संविधान बन्यो तर पनि जनताले आफ्नो जीवनमा परिवर्तन महसुस गर्न सकेका छैनन्, गरिबी र बेरोजगारी उस्तै छ ।”
नयाँ शक्तिले यही बुझेर पुरानो तरिकाले नहुने निष्कर्ष निकाल्दै नयाँ बाटो रोजेका उनको तर्क थियो । नयाँ शक्तिलाई जिउँदो माछाको संज्ञा दिँदै उनले भने, ‘इतिहासको आवश्यकता अनुसार चाहेको दिशामा जिउँदो माछाले जस्तो पौडिने अभ्यास गरिरहेका छौं । पुराना दलहरुझैं मरेको माछाजस्तै पुरानै पानीको बहावमा बग्नुको अब कुनै अर्थ छैन ।’ 
संयोजक भट्टराईले पार्टीभित्र हजारौं गोविन्द केसी जन्मिनुपर्ने धारणा राखे । “एकजना गोविन्द केसीले अनशन गरेर भ्रष्टाचार रोक्न गाह्रो हुन्छ,” उनले भने, ‘नयाँ शक्तिले पार्टीभित्र हजारौं गोविन्द केसी जन्माउनुपर्छ ।’ 
नयाँ शक्तिलाई भ्रष्टाचार विरोधीको पहिचान दिन पार्टीले विशेष व्यवस्थाहरु गरेको उनले स्पष्ट पारे । “हामीले सदाचार आयोग बनाएका छौं त्यसले पार्टीभित्र सदाचारलाई प्रवद्र्धनात्मक काम गर्छ,” उनले भने ‘अर्को अनुशासन आयोग छ, त्यसले अनुशासन तोड्नेलाई कारवाही गर्छ ।” उनले नयाँ अभ्यासको रुपमा नयाँ शक्तिले शक्तिशाली लोकपालको व्यवस्था गरेको जानकारी दिए । “पार्टी बाहिर गडबडी गर्नेलाई कारवाही गर्दै अनियमितता रोक्न स्वतन्त्र मानिसहरुको लोकपालको व्यवस्था विधानमै गरेका छौं,” उनले भने ।  
 
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  १९:४४
प्रतिक्रिया दिनुहोस्