site stats
बाह्रखरी :: Baahrakhari
खेल
सुमन भोम्जन स्मृति युवा खेलकुद पत्रकारिता पुरस्कार निशान राईलाई 

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो स्थापना दिवसको अवसर पारी पत्रकार राजु सिलवाल र निशान राईलाई सम्मान गरेको छ । आज काठमाडौंमा कार्यक्रम गरी मञ्चले २४ औं वार्षिकोत्सवको अवसरमा पत्रकार सिलवाल र राईलाई सम्मान गरेको हो । 

सिलवाल एनएसजेएफ खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित हुँदा राई सुमन भोम्जन स्मृति युवा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेल पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै मञ्चले एनएसजेएफ पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनमा कार्यरत सिलवाल र खेलपाटी डटकममा कार्यरत राईलाई प्रोत्साहनस्वरुप सम्मान गरेको बताएको छ । युवा खेलकुद पत्रकारिता पुरस्कार गत वर्षदेखि थप गरिएको हो । 

दुवैलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्मान गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १२:५२
प्रतिक्रिया दिनुहोस्