site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
डेंगीले मन्त्री समायो, पुलिसले चिनियाँ ह्याकर
Sarbottam CementSarbottam Cement

गत साताको सबैभन्दा चर्चित रह्यो – चिनियाँ ह्याकरले नेपालमा आएर बैंकका एटीएमबाट पैसा चोरेको समाचार । सो समाचार नसेलाउँदै काठमाडौं र पोखरामा पनि डेंगीको प्रकोप फैलिएको समाचारले नेपाली दैनिक पत्रिकामा कब्जा जमाए भने साताको अन्त्यमा प्रधानमन्त्री केपी ओली सिंगापुरबाट उपचार गराएर फर्केको तथा ओली र अर्का अध्यक्षबीचको रस्साकस्सीको समाचारले स्थान पाए । 

चीनबाट नेपालको एटीएम ह्याक गर्ने योजनासहित आएको एक समूहले शनिवारको दिन नेपालका कार्यालय बन्द हुने र कसैले खासै मतलब नराख्ने अनुमान गरेर एकै दिनमा सकेजति धेरै रकम निकालेर आइतवारनै देश छाडेर जाने प्रपंच गरे । उनीहरूले एटीएम मेसिनमा कसैले कार्ड छिराएपछि सुरक्षा जाँच गर्ने एउटा प्रणालीलाई ह्याक गरेर आफ्नो उद्देश्य पूरा गरेका थिए । तर, समयमै प्रहरीलाई जानकारी गराउन केही बैंकहरू सफल भएका कारणले उनीहरूको उद्देश्य सफल हुन सकेन । नेपाल प्रहरीले एटीएमबाट पैसा निकाल्दै गरेका एक चिनियाँ नागरिकलाई पक्राउ गरेसँगै सो गिरोहका अन्य चारजनालाई पनि होटलबाट पक्राउ गरेर एटीएम ठगीको जालो च्यात्ने कार्य ग¥यो । 

एटीएमबाट कसरी नाटकीयरूपमा चिनियाँहरूले पैसा निकाले भन्ने तरिका बुझाउन नयाँ पत्रिकाको ग्राफिक्स सबैभन्दा सफल देखियो । कान्तिपुर तथा अन्नपूर्ण पोस्टले पनि ग्राफिक्सको माध्यमबाट रकम निकाल्ने प्रविधिको विषयमा जनतालाई बुझाउने प्रयास गरेका छन् । नागरिक, राजधानी, हिमालय टाइम्स र गोरखापत्रले पनि सो समाचारलाई गत साताको सोमवारको अंकमा महत्त्वका साथ प्रकाशित गरे । यी चिनियाँ ह्याकरबाट प्रहरीले एक करोड २६ लाख रुपैयाँ बरामद गरेको थियो । उनीहरूले शनिवार ५ घन्टामा १५ सयपल्ट कार्ड प्रयोग गरेर नबिल, नेपाल एसबीआई र नेपाल इन्भेस्टमेन्ट बैंकका एटीएमबाट सो रकम निकालेको कान्तिपुरको समाचारमा उल्लेख गरिएको छ । सोही दिन उही शैलीमा नेपालका बैंकको पैसा भारतका एटीएमबाट पनि करिब एक करोड भारु निकालिएको समाचार नयाँ पत्रिकाले प्रकाशित गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मंगलवारको नयाँ पत्रिकाले कुन बैंकबाट कति रकम निकालियो भन्ने विवरण पनि प्रकाशित गरेको छ । सो पत्रिकाका अनुसार प्रभु बैंकको २ करोड ४३ लाख, ग्लोबल आइएमईको ३८ लाख, सनराइज बैंकको २४ लाख तथा एनआईसी एसियाको १७ लाख रुपियाँ ह्याकरले निकालेका छन् । ती ह्याकरको कामले चीनलाई लज्जाबोध भएको पनि नेपालस्थित चिनियाँ राजदूतावासले विज्ञप्ति निकालेर बताएको छ । मंगलवार हिमालय टाइम्स तथा राजधानीले ह्याकरले निकालेको पैसा अनधिकृत रुपमा साटिदिएको आरोपमा तीन नेपालीलाई पनि गिरफ्तार गरिएको समाचार प्रकाशित गरेका छन् । एटीएम लुट प्रकरणमा भारतीय रिजर्भ बैंकले चासो देखाएको समाचारलाई नागरिक दैनिकले मंगलवारको अंकमा छापेको छ । 

कम्प्युटर ह्याकिंगको समाचारकै क्रममा बुधबारको नयाँ पत्रिकाले नेपाल प्रहरीकै कम्प्युटर प्रणाली ह्याक भएको समाचार प्रकाशित गरेको छ । सो दैनिकलाई पूर्व डिआईजी हेमन्त मल्लले बताएअनुसार नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रहरीका लागि तयार गरेको तालिम सामग्रीनै ह्याक भएको छ । 

Global Ime bank

यसै विषयमा गोरखापत्रले ई–बैंकिङ सेवामा चुनौती भएको विषयमा मुख्य समाचार बनाउँदै “अनौठा र अपत्यारिला चोरी बढ्दै” गएको बताएको छ । 

डेंगीको प्रकोपः मन्त्री संक्रमित 

गत साता डेंगीको विषयमा समाचारलाई महत्त्व दिने पत्रिकामा नागरिक अगाडि रह्यो । मंगलवार नागरिकले पोखरामा डेंगी नियन्त्रणबाहिर गएको समाचारलाई एन्कर बनायो । समाचारअनुसार पोखराका ३३ मध्ये २७ वडामा डेंगी फैलिएको छ । सो समाचार प्रकाशित हुनु एक दिन अघिसम्म पोखरामा चार सय ३९ जनामा डेंगीको लक्षण देखिएको थियो र त्यसमध्ये पनि बसपार्क रहेको वडा नंबर ९ र सँगैको ८ वडा वासीमा संक्रमण बढी देखिएको थियो । कुल संक्रमणको ६० प्रतिशत बिरामी यिनै दुई वडाबाट आएको पनि सो समाचारमा जनाइएको छ ।

नागरिकले बुधबारको दिन डेंगीको समाचारलाई मुख्य बनाउँदै देशभर ४२ जिल्लामा फैलिएको सो रोग पाँच जिल्लामा भने प्रकोपकै रूपमा देखिएको लेखेको छ । पवित्रा सुनारद्वारा प्रेषित समाचारअनुसार प्रदेश १ का सुनसरी र झापा, प्रदेश ३ का मकवानपुर तथा चितवन र गण्डकी प्रदेशको कास्कीमा यो रोगले प्रकोपको रूप लिएको छ । सोही दिनको नागरिकमा डेंगी काठमाडौंका लागि एटम बम हुनसक्ने चेतावनी दिँदै डा. शेरबहादुर पुनको लेख पृष्ठ ४ मा प्रकाशित गरिएको छ । नागरिकमा पत्रकार सुनारकै समाचार “थप दुई महिना डेंगी संक्रमणको जोखिम” मुख्य समाचारका रूपमा प्रकाशित भयो । यो रोगको विषयमा ग्राफिक्स बनाउँदै नागरिकले ज्वरो आउने, शरिरमा रातो डाम देखापर्ने, आँखा दुख्ने, पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने र शरीर कटकटी दुख्ने लक्षणहरू देखिने बताएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगी लागेको शंकामा अस्पतालमा भर्ना गरिएपछि दैनिक पत्रिकाले यस विषयलाई अझ महत्त्वका साथ प्रकाशित गरे । अन्नपूर्ण पोस्टले “कृषिमन्त्रीलाई डेंगी” शीर्षकमा समाचार प्रकाशित गरेको छ । सोही समाचारलाई नागरिक तथा राजधानीले पनि प्रकाशित गरेका छन् । राजधानीले काठमाडौं डेंगीका लागि उच्च जोखिममा भएको विषयलाई मुख्य समाचार बनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC