site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
३५ हजार बिरुवा रोपेर दोस्रो चरणको जागरण अभियान सुरु गर्दै कांग्रेस, एक लाख युवासँग साक्षात्कार गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले यही भदौ २४ गतेबाट दोस्रो चरणको राष्ट्रिय जारण अभियान सञ्चालन गर्ने भएको छ । जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको अवसर पारेर कांग्रेसले दोस्रो चरणको जारण अभियान सञ्चालन गर्न लागेको हो । 

‘हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण’ नाम दिइएको दोस्रो चरणको अभियान असोज ७ गते समापन हुने कांग्रेसले जनाएको छ । तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित गरेर सञ्चालन हुने अभियानका लागि सोही संख्यामा केन्द्रीय प्रतिनिधिहरु खटाइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

कार्यक्रमका बारेमा जानकारी दिन बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले जागरण अभियानको दोस्रो चरणका कार्यक्रमहरू प्रथम चरणका कार्यक्रमझैं छरितो स्वरूपमा हुने बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

“एक मिनेटभित्र आसन ग्रहण सकिन्छ । ठूला केजीमा तौलिने माला एवं व्याजरहित हुन्छ । वक्ताको संख्या सीमित हुन्छ,” उनले भने, “बढी अन्तरक्रियात्मक हुन्छ । अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने कम र सुन्ने बढी प्रकृतिका कार्यक्रम निर्धारित छन् ।” 

प्रवक्ता शर्माले दोस्रो चरणको अभियानमा एउटा मात्रै सभाको कार्यक्रम तय गरिएको जानकारी दिए । उनका अनुसार अभियानको अन्तिम दिन असोज ७ गते कांग्रेसले ७७ वटै जिल्लामा विभिन्न पाँच वटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गर्ने भएको छ ।
प्रवक्ता शर्माले समापनका दिन गरिने जिल्लास्तरीय प्रदर्शनमा स्थानीय स्तरका मुद्दाहरुलाई पनि प्राथमिकताका साथ उठाइने बताएका छन् ।  

Global Ime bank

यी हुन् प्रदर्शनका मूल पाँच मुद्दा 

१.    बढ्दो महंँगीका विरुद्ध ।
२.    भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरण लगायत) का विरुद्ध ।
३.    बढ्दो महिला हिंसा, बलात्कार र हत्याका विरुद्ध ।
४.    अलोकतान्त्रिक विधेयकहरुका विरुद्ध ।
५.    कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध ।

झण्डै ३५ हजार बिरुवा रोपिँदै

दोस्रो चरणको जागरण अभियानका क्रममा कांग्रेसले तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा झण्डै ३५ हजार बिरुवा रोप्ने भएको छ । जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको प्रतिक स्वरूप एक सय छ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा रोपेर दोस्रो चरणको जागरण अभियानको उद्घाटन गर्ने कांग्रेसको तयारी छ ।

जसअनुसार कांग्रेसले ७७ जिल्लामा एकै दिन ३४ हजार ९८० विरूबा रोपेर पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पुर्याइने उदेश्य राखेको प्रवक्ता शर्माले जानकारी दिए । उनले वृक्षरोपणका लागि प्रतिकूल मौसम भएका क्षेत्रमा उद्घाटनका दिन निश्चित स्थलमा रूख बिरूवाको गोडमेल, घेराबारा अथवा अनुकूलताका अन्य रचनात्मक कार्य गरिने बताए । 

बोल्ने कम सुन्ने बढी

प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिले खटाएका प्रतिनिधिहरुले दोस्रो चरणको अभियानमा कम बोल्ने र बढी सुन्ने प्रकृतिका कार्यक्रमहरु तय गरिएको बताएका छन् । “केन्द्रीय तहबाट अभियानका क्रममा केवल एउटामात्रै सभा निर्धारित गरिएको छ– असोज ७ गते अन्तिम दिन जिल्ला स्तरीय विरोध प्रदर्शन,” प्रवक्ता शर्माले भने, “त्यस बाहेक जागरण अभियानको यो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने भन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ ।”

अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडा स्तरीय अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्दपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रमहरु तय गरेको छ । 

“दुईतिहाइको कम्युनिस्ट सरकारले शासन सम्हालेको दुई वर्ष नपुग्दै नागरिक पंक्तिमा सरकारप्रति आशा, विश्वास र भरोसा हट्दै गएर एक ढंगको वितृष्णा बढ्दै गएको छ,” अभियानमा सञ्चालन गरिने विशेष सामाजिक संवादका बारेमा जानकारी दिँदै शर्माले भने, “अतः यस्तो परिस्थितिमा जागरण अभियानका क्रममा नेपाली कांग्रेस देशव्यापी रूपमा समाजिक संवादमा सहभागी हुनेछ ।”
 
विशेष सामाजिक संवादका क्रममा समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका महिला–पुरुषले वर्तमान अवस्थामा राख्ने धारणा र भावना बुझ्ने, उनीहरुका प्रश्न, पीडा र अपेक्षाका बारेमा जानकारी लिने प्रवक्ता शर्माको भनाइ छ । उनीहरुसँग वर्तमान सरकारसँग राखिएका अपेक्षा र वर्तमान परिणामको अनुभूति र समीक्षाका बारेमा धारणा माग गर्ने र आजको अवस्थाका सम्बन्धमा कांग्रेससँग उनीहरुको प्रष्ट अपेक्षाका बारेमा जानकारीसमेत लिने उनले बताए । 

एक लाख युवासँग संवाद

दोस्रो चरणको अभियानअन्तर्गत कांग्रेसले ७७ वटै जिल्लाका एक लाख युवासँग संवाद गर्ने लक्ष्य राखेको छ । जागरण अभियानका क्रममा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा युवा केन्द्रित विशेष संवाद कार्यक्रम आयोजना गरेर एक लाख युवासँग युवा केन्द्रित विशेष संवाद गर्ने कांग्रेसको तयारी छ । 

“तीन सय ३० प्रदेशसभा क्षेत्रमा औसत तीन सय युवाका बीचमा वीपीको विचार र संस्कारलाई कार्यक्रमका क्रममा सम्प्रेषण गर्दा समग्रमा एक लाख युवासँग संवाद र सम्प्रेषण पन्ध्र दिनको अवधिमा हुनेछ,” शर्माले भने, “युवा केन्द्रित विशेष संवाद जागरण अभियानका क्रममा आवश्यकता अनुसार प्रदेशसभा क्षेत्र, गाउँ–नगर या वडा स्तरीय समेत हुनेछन् ।” 

नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल र नेपाल महिला संघलगायतका भ्रातृ र शुभेच्छुक संस्थामा आवद्ध युवाहरू र अन्य असंगठित युवाहरूको ‘देश, लोकतन्त्र र कांग्रेसको आजको सन्दर्भ’मा खुला विचारहरू कार्यक्रममा संकलन गरिने प्रवक्ता शर्माले बताए । 

यी हुन् राष्ट्रिय जागरण अभियानका उद्देश्यहरु

(१)    राष्ट्रव्यापी रुपमा पार्टी पंक्तिमा सांगठनिक गति, एकता, समन्वय र हार्दिकता अभिवृद्धि गर्र्दै पार्टी सुदृढिकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न । यस क्रममा नेपाली कांग्रेससँग एकीकरण भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका विभिन्न तहका साथीहरू एवं अन्य दलबाट प्रवेश गर्नुभएका साथीहरूसँग व्यवहारिक र भावनात्मक समन्वय अभिवृद्धि गर्दै पार्टीलाई सबल बनाउँदै अघि बढ्ने । 

(२)    कम्युनिष्ट सरकार बनेको दुई वर्ष समेत नपुग्दै नेपाली समाजमा जे जस्तो असन्तुष्टि, निराशा र वितृष्णाको संकेत देखिएको छ, त्यसलाई गम्भीरतापूर्वक लिँदै सामाजिक संवादको माध्यमबाट समस्त जनताको विचार भावना साक्षात्कार गर्न । 

(३)    नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनैतिक उपलव्धी एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा व्यापक ढंगले सम्प्रेषण गर्न ।

(४)    वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसंगतिपूर्ण जनविरोधि कृयाकलाप बारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले  प्रष्ट्याउन । (वाइड वडी, न्यारो वडी लगायत नेपाल वायुसेवा निगममा भएका भ्रष्टचार एवं भ्रष्टाचारका अन्य प्रकरणहरू)

(५)    नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरु समेतलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्न आवश्यक छलफल र बहस विभिन्न स्तरमा अघि वढाउन ।

(६)    जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन । 

(७)    तराई–मधेश लगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै लोकतान्त्रिक संविधानप्रतिको जनविश्वासलाई दिगो बनाउँदै अघि बढ्न ।

(८)    मुलुकको वर्तमान राजनैतिक, सामाजिक, प्रशासनिक एवं कुटनीतिक सम्बन्ध आदि बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन ।

(९)    तीनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्वन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाव बढाउन ।

(१०) नेपाली समाजमा केही समय यता भइरहेका “निर्मला पन्त” प्रकरणझैं महिला हिंसाका अनेक घटना र प्रवृतिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न–गराउन ।

(११)    नेपाली समाजमा कतिपय ठाउँमा रहेका बोक्सी प्रथादेखि छाउपडि सम्मका अनेकौं सामाजिक विसंगतिको अन्त्यका लागि सार्थक छलफल र पहदकदमी अघि बढाउन । 

(१२)    भूकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानलाई सघाउन तथा यस्तो संभावित विपदमा सर्तकता साथ काम गर्ने “स्वयंसेवी समूह” निर्माणको छलफल प्रारम्भ गर्ने । 

(१३)    स्वदेशसँगै विदेशमा रहेका पचास लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको सम्बद्र्धन र समृद्धिमा सहभागिताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रवन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दबाब बढाउन तथा वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितीहरु अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन ।

(१४)    कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न ।

(१५)    नेपाली कांग्रेसमा समाहित हुन चाहनेहरूलाई पार्टीमा स्वागत गर्दै नयाँ सदस्यताको व्यापक वितरण गर्दै पार्टीको विभिन्न तहका लागि आवश्यक प्रशिक्षणको पूर्व तयारी गर्ने ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement