site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वर्षाले कञ्चनपुरको जनजीवन प्रभावित, महाकालीमा पानीको बहाव बढेपछि नेपाल–भारत आवागमन ठप्प
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

कञ्चनपुर ।  गएरातिबाट परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदीमा रहेको शारदा ब्यारेजमा आवजवाजतमा रोक लगाइएको छ । जसका कारण कञ्चनपुरको सीमावर्ती क्षेत्र गड्डाचौकी भएर भारत जाने र भारतबाट नेपालतर्फ आउने चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको छ ।

महाकाली नदीमा प्रतिसेकेन्ड १ लाख क्युसेकभन्दा बढी पानीको बहाव भएमा खतरा मानिन्छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यका अनुसार महाकालीमा १ लाख १३ हजार क्युसेकको रफ्तारमा बगिरहेको छ । बिहान १ लाख ३१ हजार क्युसेक पुगेको थियो । तर पैदल यात्रु र मोटरसाइकललाई भने आवतजावत गर्न दिइएको छ । एसपी आचार्यका अनुसार अहिले वर्षा कम भएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर लगायतका क्षेत्र जलमग्न भएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC