site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । राष्ट्रपतिले दिएको समयसीमा भित्र सहमतिको सरकार बन्न नसके पनि नेकपा एमालेले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध उमेदबार अघि सार्ने भएको छ ।
तर एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने प्रचण्डसँग प्रतिष्पर्धा नगर्ने भएका छन् ।
उनी नउठेपछि प्रचण्डसँग प्रतिष्पर्धा गराउने व्यक्तिको पार्टीमा आन्तरिक रूपमा खोजी भएको स्रोतले जानकारी दियो । राष्ट्रपतिले दिएको समयसिमा सकिन २ दिन बाँकी हुँदासम्म दलहरुबीच छलफल नभएपछि एमालेले पनि प्रधानमन्त्रीको उमेदवार अघि सार्ने सचिव योगेश भट्टराईले जानकारी दिए । भट्टराईले भने, “सहमतिय सरकार गठन गर्न राष्ट्रपतिले दिनुभएको समय अझै २ दिन बाँकी छ । हेरौं यो बीचमा सहमति भयो भने ठिक छ नत्र भने एमालेले पनि प्रधानमन्त्रीमा  उम्मेदवारी दिन्छ ।” 
सहमतीय सरकारको पहल एमालेले नभई नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले गर्नुपर्ने भट्टराईको भनाई छ । एमालेले प्रधानमन्त्रीको उमेदवारी दिने भए पनि अहिले नै उमेदबारको टुङ्गो भने नलगाएको उनले बताए । 
एमाले कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले पनि सहमतिको सरकार नबन्ने भन्दै एमालेले प्रधानमन्त्रीको निर्वाचनमा एक जना उमेदवार खडा गर्ने बताए । उनले भने,“एमालेबाट मात्र हुन्छ वा सत्तारुढ गठबन्धनबाट हुन्छ । त्यो टुङ्गो लागिसकेको छैन । तर एमालेले प्रधानमन्त्रीको निर्वाचनमा भाग लिन्छ ।”
यसअघि नै कांग्रेसले तीन दलीय राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने बताइसकेको छ । 
राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार निर्माणका लागि दिएको ७ दिनको समयसीमा सकिन २ दिन बाँकी हुँदा पनि दलहरुबीच एक पटक समेत राष्ट्रिय सरकार गठनका लागि छलफल हुन सकेको छैन । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC