site stats
बाह्रखरी :: Baahrakhari
विदेश

इराक । इराकका लागि टर्कीका उप वाणिज्यदूतसहित दुई जनाको बुधबार हत्या भएको छ ।  

टर्कीको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।  प्रहरी स्रोतले एएफपीलाई भन्यो, “टर्कीका कूटनीतिज्ञ मारिएका छन्, हतियारधारीहरूको आक्रमणमा परी उनको मृत्यु भएको हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार आक्रमणकारीहरूले वाणिज्यदूत र वाणिज्य दूतावासका अन्य कर्मचारीहरूलाई लक्षित गर्दै अर्बिलस्थित एउटा रेष्टुरेन्टमा आक्रमण गरेका थिए । 

स्रोतले दिएको प्रारम्भिक विवरणमा तीन जना मारिएको उल्लेख छ । तर कुर्दिस आन्तरिक सुरक्षा फौजले भने अहिलेसम्म दुई जनाको मात्रै मृत्यु भएको पुष्टि भएको जनाएको छ । 

उनीहरूका अनुसार मारिने दुई जनामध्ये एक जना टर्कीको वाणिज्य दूतावासमा कार्यरत कूटनीतिज्ञ र एक जना इराकी नागरिक रहेका छन् । टर्कीको विदेश मन्त्रालयले पनि अर्बिलस्थित वाणिज्य दूतावासमा कार्यरत एक जना कर्मचारीको हत्या भएको पुष्टि गरेको छ ।

मन्त्रालयका अधिकारीहरूले पनि ती व्यक्तिको हत्या वाणिज्य दूतावास बाहिर गोली प्रहार गरेर भएको जनाएका छन् । एजेन्सी

प्रकाशित मिति: बुधबार, साउन १, २०७६  २३:३०
प्रतिक्रिया दिनुहोस्