site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नामी र इन्फो डेभलपर्सबीच सम्झौता

काठमाडौं । जोरपाटीस्थित नामी कलेज र इन्फो डेभलपर प्रालिबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । नामीमा अध्ययनरत विद्यार्थीको अभ्यासमूलक कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सम्झौता गरिएको हो । बुधबार नामी कलेजमा आयोजित कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार इन्फो डेभलपर्स प्रालिको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र इन्फो डेभलपर्सका प्रतिनिधिले नामीका विद्यार्थीलाई सूचना प्रविधिसँग सम्बन्धित विषयमा तालिम तथा आवश्यकता अनुसार निरीक्षण सेवा पनि प्रदान गर्नेछन् । 

सम्झौतासँगै नामीका विद्यार्थीले सूचना प्रविधिको क्षेत्रमा विश्वबजारमा भइरहेका नयाँ नयाँ अविष्कारसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउनेछन् । साथै नामीलाई सूचना प्रविधिको उत्कृट केन्द्रको रुपमा विकास गर्न सकिने दुवै संस्थाका प्रतिनिधिले विश्वास लिएका छन् ।

शैक्षिक ज्ञान दिइरहेको प्राज्ञिक संस्था र व्यावसायिक तालिम तथा अन्य सेवा दिइरहेको दुई संस्थाबीच सम्झौता भएको यो पहिलो कार्यक्रम रहेको नामी कलेजका बजार व्यवस्थापन तथा प्रशासन विभागका वरिष्ठ व्यवस्थापक अमरदीप मण्डलले बताए । उनका अनुसार विश्वबजारमा सूचना प्रविधिको विषयमा भइरहेको वास्तविक अभ्यासलाई नामीका विद्यार्थीले प्रयोग गर्न पाउनेछन् । 

नामीले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयसँगको सम्बन्धनमा एमबीए, बीबीए, बीएससी इन कम्प्युटिङ, बीएससी इन सफ्टवेयर इन्जिनियरिङ, बीएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ र बीएससी इन इन्भाइरोन्मेन्टल साइन्स विषयको पढाइ सञ्चालन गरिरहेको छ । 

इन्फो डेभलपर्स सूचना प्रविधिको  क्षेत्रमा क्रियाशील अग्रणि संस्था हो । सूचना प्रविधिसँग सम्बन्धित तालिम तथा जनशक्ति उत्पादनमा यो संस्था १६ वर्षदेखि क्रियाशील छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro