site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश ५ सरकार र छेन्दु प्रान्तबीच भगिनी सम्बन्ध
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । प्रदेश ५ सरकार र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन ली बीच समझदारीपत्रमा हस्ताक्षर भएको मुख्यमन्त्री पोखरेलका प्रेस सयोजक शेरवहादुर केसीले बताए । समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाईमा पुर्याउन बल पुग्ने विश्वास व्यक्त गरे । त्यस अवसरमा सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहँदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताए । 

मुख्यमन्त्री पोखरेलले सम्बन्धलाई नयाँ उचाईमा अघि बढाउन नेपाली जनताको पहिलेदेखिको चाहना पूरा भएको बताए । प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी ओलीको सन्देश मुख्यमन्त्री पोखरेलले दिए ।
गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा दिँदै भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको र छेन्दु भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरेको  मुख्यमन्त्री पोखरेलका प्रेस सयोजक केसीले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १८, २०७६  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement