site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘मधुपर्क सम्मान’बाट डा. विमल, सरिता र सुरेश सम्मानित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन मधुपर्क मासिकले वर्षेनी प्रदान गर्दै आएको मधुपर्क सम्मान र पुरस्कार २०७६ बाट तीन साहित्यकर्मीहरूलाई सम्मानित गरेको छ । काठमाडौंमा शुक्रबार बिहान आयोजना गरिएको कार्यक्रममा कथाकार डा. राजेन्द्र विमललाई ‘मधुपर्क सम्मान– २०७६’ बाट सम्मानित गरियो भने साहित्यकारहरू सरिता तिवारी तथा सुरेश किरणलाई ‘मधुपर्क प्रतिभा– पुरस्कार– २०७६’ बाट पुरस्कृत गरियो ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले तीनै स्रष्टालाई सम्मानित एवम् पुरस्कृत गरे । कार्यक्रममा जोशीले सम्मानित तथा पुरस्कृत साहित्यकारहरूलाई बधाई दिँदै नेपाली साहित्यलाई अब विश्वस्तरमा परिचित गराउन लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरू डा. राजेन्द्र विमल, सरिता तिवारी तथा सुरेश किरणले आफ्नो धारणा राखे । मधुपर्क मासिकले कथा सिर्जनामा लामो समयदेखि सक्रिय डा. राजेन्द्र विमललाई मधेश भूमिको सुरुचिपूर्ण कथामार्फत नेपाली आख्यान साहित्यमा महत्वपूर्ण योगदान दिएबापत मधुपर्क सम्मानद्वारा सम्मानित गरेको उल्लेख गरेको छ । 
मधुपर्क सम्मान मधुपर्क मासिकले विगत १८ वर्षदेखि साहित्यमा कलम चलाउने स्रष्टालाई प्रदान गर्दै आएको छ । तीनै पुरस्कारको राशि जनही ३५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै कविहरू सरिता तिवारीलाई नारी मुक्तिको आवाजलाई साहित्यका माध्यमबाट उजागर गरे बापत तथा सुरेश किरणलाई नेवारी जनजीवनलाई काव्यका माध्यमबाट प्रस्तुत गरे बापत मधुपर्क प्रतिभा पुरस्कार २०७६ प्रदान गरिएको उल्लेख गरेको छ । 
मधुपर्क प्रतिभा पुरस्कार, मधुपर्क मासिकले पहिलो पटक प्रदान गरेको हो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा जयदेव भट्टराई र अभय श्रेष्ठले बोलेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC