site stats
बाह्रखरी :: Baahrakhari
देश
विस्फोटमा घाइते भएका तीनजनाको आईसीयूमा उपचार हुँदै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सुकेधारामा भएको विस्फोटमा घाइते भएकामध्ये ३ जनाको ओम अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । घाइते भएका पाँजनामध्ये तीनजनाको आईसीयूमा र दुईजनाको इमर्जेन्सीमा उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । त्यस्तै वीर अस्पतालमा एकजनाको उपचार भइरहेको छ । उनी अनामनगर विस्फोटमा घाइते भएका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

ओम अस्पतालमा उपचार गराइरहेकामध्ये दुईजनाको पहिचान भएको छ । हरि खड्का र सुरेन्द्र महर्जन भएको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो भएको विस्फोटमा अहिलेसम्म तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १८:१८
प्रतिक्रिया दिनुहोस्