site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
एयर इण्डियामा महिला स्टाफमाथि यौन दुर्व्यवहारको अभियोग
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । एयर इण्डिया महिला स्टाफलाई यौन शोषणको विवादमा तानिएको छ । सो एयरलाइन्सले अहिले आफ्ना सिनियर क्याप्टेनलाई यसबारेमा सोधपुछ गरिरहेको बताइएको छ । 

महिला पाइलटले एयरलाइन्सको प्रवन्धन समक्ष आफूमाथिको यौन शोषणको बारेमा उजुरी हालेकी थिइन् । एयर इण्डियाका प्रवक्ताका अनुसार महिला पाइलटले प्रबन्धनलाई दिएको उजुरीमा सिनियर पाइलटले उनीसँग कैयौं पटक अनुचित प्रश्न सोध्ने गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले उजुरीमा जनाएअनुसार ‘हाम्रो तालिम सेसन सकिएपछि इन्स्ट्रक्टरले हामीलाई हैदरावादको एक रेस्टुरेन्टमा डिनर गर्न सुझाव दिएका थिए । म  कैयौं उडानमा उनको साथ हुन्थेँ । त्यसबेलामा उनी शालिन थिए । त्यसैले म उनीसँग रेस्टुरेन्ट जान राजी भएँ । हामी राति करिब ८ बजे रेस्टुरेन्ट गयौं र त्यही बेलामा ममाथि गलत हर्कत शुरु भयो ।’

महिला पाइलटले उजुरीमा भनेकी छन्, ‘उनले मलाई आफ्नो वैवाहिक जीवनमा उनी कति निराश छन् भन्ने कुरा बताउन थाले । उनले मलाई आफ्नो पतिसँग कस्तो छ भनेर पनि सोधे । अनि मलाई दैनिक यौन सम्बन्ध राख्न जरुरी पर्छ कि पर्दैन भनेर पनि सोधे । मैले  यो बारेमा कुरा गर्न चाहन्न भनें । त्यसपछि मैले गाडी बोलाएँ ।’
(एनडीटिभी)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC