site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनका राष्ट्रपतिले भने–आफ्नो सभ्यता मात्रै उचो भन्नु मूर्खता

बेइजिङ्ग । चीनका राष्ट्रपति सी जिनफिङले कुनैपनि सभ्यता वा जात अरु  भन्दा उचो भएको विश्वास गर्नु मूर्खतापूर्ण हुने बताएका छन् । उनले सबैको उत्तिकै महत्व हुने प्रसंगमा सो कुरा बताएका हुन् । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएअनुसार केहीबेर अघि चीनको राजधानी बेइजिङमा  ‘कन्फेरेन्स अन डायलग अफ एशियन सिभिलाइजेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपतिले त्यस खालको धारणा राखेका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले एशियाका मानिसहरु डरबाट मुक्त, आपसी भलाइ र संयुक्त रुपमा शान्तिको स्थापना गर्न चाहन्छन् भन्दै त्यो सुन भन्दा पनि महत्वपूर्ण रहेको समेत बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिभिलाइजेसन (सभ्यता) कुनैपनि देश बाँकी विश्वबाट पछाडि परेमा हराउने अवस्था आउने जनाउँदै साझा चुनौती सामना गर्नका लागि र उज्ज्वल भविश्यतर्फ जान आर्थिक र प्रविधिजन्य शक्ति मात्रै होइन साँस्कृतिक सभ्यता पनि चाहिने उनले बताए ।  २ हजार भन्दा बढी एशियाका सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरुको सो कार्यक्रममा सहभागिता रहेको जनाइएको छ । 

नेपालबाट पनि सो कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि समेत सहभागी रहेको कार्यक्रममा सहभागी एक नेपाली प्रतिनिधिले जनाएका छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  ०९:१५
प्रतिक्रिया दिनुहोस्