site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घरभित्र पस्यो चितुवा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

तम्घास । गुल्मीको इस्मा गाउँपालिका–३ अन्तर्गत एक व्यक्तिको घर चितुवा पसेपछि यतिबेला चितुवा हेर्न जानेको घुइँचो लागेको छ । 

इस्मा गाउँपालिका– ३ स्थित पूर्णप्रसाद खरेलको घरसँगैकोे खोरमा पसेको चितुवा आज बिहान कुखुरा निकाल्न जाँदा कुखुरासँगै चितुवा पनि बाहिर निस्केर खरेलको हात र खुट्टामा चिथोरेर मानिस सुत्ने कोठाभित्र पसेको थियो । उनी सामान्य घाइते भएका छन् । डिभिजन वन कार्यालयका नासु नवीनपन्थीले बताए ।  

चितुवा घरभित्र पसेको जानकारी पाएपछि शुक्रबार बिहान उक्त कार्यालयका प्रमुख रवीन्द्र महर्जनको नेतृत्वमा बाघखोरसहितको टोली घटनास्थल पुगिसकेको बताइएको छ । गत दुईसाताअघि छत्रकोट गाउँपालिका–१ अन्र्तगत हुँगामा पनि दुम्सीलाई थापेको पासोमा चितुवा परेको थियो । जिल्लामा पछिल्लो समयसदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रमा चितुवाको बिगबिगी बढ्दै गएको बताइएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०७५  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय