site stats
बाह्रखरी :: Baahrakhari
देश
ग्लोबल आन्टरप्रेनरशिप बूटक्याम्पले ४० भन्दा बढी देशका युवालाई दियो उद्यमशीलता तालिम 

काठमाडौं । ग्लोबल आन्टरप्रेनरशिप बूटक्याम्पले मलेसियाको क्वालालम्पुरमा ४० भन्दा बढी देशका युवालाई उद्यमशीलता सम्बन्धी तालिम दिएको छ ।

१७ देखि २० डिसेम्बरमा आयोजना भएको ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पको चौंथो संस्करणले संसारभरिका ४० भन्दा बढी देशबाट १५० युवा र दर्जन भन्दा बढी सफल उद्यमी र विज्ञलाई जम्मा गरी युवालाई उद्यमशीलता सम्बन्धि शिक्षा दिएको थियो।

\"\"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नयाँ र मौलिक बिजनेस मोडेल बनाउन युवाले ती सफल उद्यमी र विज्ञहरुबाट शिक्षा लिएका थिए । यस किसिमको शिक्षाले नै ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पलाई पछिल्ला तीन संस्करणदेखि चिनाउँदै आएको छ । यसभन्दा अघिका तीन बूटक्याम्पहरू नेपालको ककनी, थाइल्याण्डको ब्याङ्कक र इन्डोनेसियाको जाकार्तामा भएका थिए।

\"\"

सहभागी युवाहरूले टिम बनाएर प्रस्तुत गरेका बिजनेस आइडियाहरुले नै उक्त बूटक्याम्पको परिवर्तन प्रतिको योगदानलाई दर्शाउने आयोजकले जनाएका छन् ।

ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पमा प्रतियोगितात्मक तालिममा विजेता टिम र उत्कृष्ट टिमलाई पुरस्कृत गरिएको थियो। विजेता टिमले 'रिमार्क--रिलायबल एन्ड रिलेटेबल मार्केटिंग' नामको बिजनेस मोडेल बनाएको थियो जसको अवधारणा कुनै पनि सामानका खरिदकर्तालाई उक्त सामान किनेपछिको अनुभवका बारेमा मोबाइल फोनको स्क्रीनमा जानकारी दिने थियो । त्यसैगरी 'बोन फ्र्याक्चार डिटेक्टर'को अवधारणा ल्याउने टिमलाई उत्कृष्ट टिमको उपाधि दिइएको थियो ।

\"\"

बूटक्याम्पमा १७ वटा बिजनेस आइडिया प्रस्तुत भएका थिए। आयोजकका अनुसार अधिकांश बिजनेस आइडियाहरू बजारको माग अथवा दैनिक जीवनका समस्याहरू समाधान गर्ने उपायबाट प्रभावित छन्। "समस्या समाधान गर्ने उद्देश्यले युवाहरूले ल्याएका बिजनेस आइडियाले अवश्य पनि परिवर्तन ल्याउनेछन्," आयोजक समितिकि प्रबन्ध निर्देशक पार्शु अर्यालले बताइन्।

बिजनेस मोडल बनाउने प्रतियोगिता मुख्य पाटो भए पनि आयोजकका अनुसार ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्प एउटा प्रतियोगितामा मात्र सीमित छैन। "हाम्रो बूटक्याम्प युवाहरूले व्यापार योजना बनाएर प्रस्तुत गर्ने प्रतियोगिता मात्र होइन। उद्यमशीलता सम्बन्धि बहुआयामिक अनुभवको मंचका रूपमा बूटक्याम्प स्थापित भैसकेको छ," ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पका संस्थापक अध्यक्ष खगेन्द्र आचार्यले भने। 

\"\"

"हामीले सुरुवातदेखि नै अन्तरक्रिया कार्यक्रम, युवालाई विज्ञको निर्देशन एबम् युवा, विज्ञ र उद्यमीहरूको परिवार निर्माण लागयतलाई प्राथमिकतामा राखेका छौं, "  आचार्यले  भने । 

बूटक्याम्पमा आएका उद्यमी र लगानीकर्ताले युवाहरुका बिजनेस मोडेल रुचाएको र भविष्यमा उनीहरुसँग काम गर्न इच्छुक रहेको बताए।

\"\"

चारदिने बूटक्याम्पका सह-आयोजक लिंकन युनिभर्सिटी कलेज र एशिया स्कूल अफ बिजनेस रहेका छन्। एशिया स्कूल अफ बिजनेस अमेरिकाको एम.आइ.टि स्लोन स्कूल अफ म्यनाजेमेन्टसँगको सहकार्यमा चलेको संस्था हो। बूटक्याम्प उद्घाटन समारोहबाट सुरू भई टिम (समूह) निर्माण, अन्तरक्रिया कार्यक्रम, स्टार्ट-अप अभ्यासहरू हुँदै युवाहरूले बिजनेस मोडेल बनाएर प्रस्तुत गरिसकेपछि सांस्कृतिक साँझका रूपमा अन्त्य गरिएको थियो।बूटक्याम्पका विभिन्न कार्यक्रमहरू एशिया स्कूल अफ बिजनेसमा भएका थिए।

प्रकाशित मिति: बुधबार, पुस १८, २०७५  ०८:३०
प्रतिक्रिया दिनुहोस्