site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वीर अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बिरामी मारमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । रामेछापका ३५ वर्षीय लोकेन्द्र थामी घाँस काट्न जाँदा  रुखबाट लडेर टाउकोमा चोट लाग्यो । उनीे रामेछापको मन्थली अस्पताल गए । सिटी स्क्यान गर्नुपर्छ तर यहाँ सिटी स्क्यान मेसिन छैन भन्दैे उनलाई बीर अस्पताल रिफर गरियो । उनी सोमबार बीर  अस्पताल आइपुगे । तर अस्पतालमा सिटीस्क्यान मेसिन विग्रेको भन्दै निजी  अस्पतालमा जान एक चिकित्सकले सुझाव दिए । उनी  भन्छन्, “बीर अस्पतालका चिकित्सकहरु मेसिन विग्रेको भन्छन् , निजीमा जान पैसा छैन ।”

दोलखाकी ४५ वर्षीया ललिता थामीलाई  टाउको दुख्ने र बान्ता हुने समस्या देखाप¥यो । उनी तुरुन्तै दोलखा अस्पताल गइन् । उनलाई अस्पतालका चिकित्सकले दुखाई कम गर्ने र वान्ता रोकिने ५ दिनको औषधी दिए । ५ दिन लगातार औषधी खाइन । वान्ता रोकियो तर टाउको दुख्ने समस्या निको भएन । उनी पुनः अस्पताल गइन् । अस्पतालले उनलाई गएको आइतबार बीर अस्पताल रिफर गरिदियो । 

Prabhu Bank
Agni Group
NIC Asia

ललिता सोमबार विहान करिब १०ः३० बजे बीर अस्पताल पुगिन् । अस्पतालको टिकट काउन्टरमा रहेका एक कर्माचारीले सिटी स्क्यान मेसिन विग्रेकोले टिचिङ् अस्पताल जान भने । ललिता टिचिङ अस्पताल गइन् । अस्पतालमा करिब एक सातापछि मात्र पालो आउने बताइयो । उनी भन्छिन्, “जिल्लाबाट बीर अस्पताल रिफर गरिदिया,े बीरमा मेसिन विगे्रेको भनेर टिचिङ पठाए । तर, टिचिङ अस्पतालमा एक सातापछि मात्र पालो आउने रहेछ ।” 

लोकेन्द्र र ललिता जस्ता जिल्लाबाट रिफर भएर आएका दैनिक ६० देखि ७० जना विरामीहरु सिटी स्क्यानका लागि बीर अस्पताल आउने गरेको सो असपतालको रेडियोलोजी विभागले जनाएको छ । अस्पतालले  एक सातादेखि १६ स्लाइसको सिटी स्क्यान मेशिनको ट्युव विग्रिदा उपचारमा लागि आएका विरामी महंगोमा निजीमा  जान बाध्य छन् ।

Global Ime bank

त्यसैगरी, राष्ट्रिय ट्रमा सेन्टरमा रहेको सिटी स्क्यान मेसिन दुई सातादेखि विग्रेर थन्किएको छ । ट्रमा सेन्टरमा सिटी स्क्यान गनुपर्ने विरामी बीरमा नै उपचारका लागि आउँदा बढि चाप भएर विग्रेको अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा बताउँछन् । “विरामीको चाप बढि भएका कारण  लामो समयसम्म चलाउँदा मेसिन तातेर विग्रेको हो ।” उनले भने “अस्पतालको पुरानो मेसिन विग्रिएको र नयाँ मेसिन पनि सञ्चालनमा आउन सकेको छैन । ”

त्यस्तै, नयाँ १ सय २८ स्लाईसको सिटी स्क्यान मेसिन अस्पतालले भारतको हस्पिटेक ईन्टरप्राईजेज प्रालिबाट ७ महिनाअघि रु ८ करोड ४८ लाख रुपैँयामा खरिद गरेर ल्याएको थियो । सो मेसिन अस्पतालले विद्युत भोल्टेज र ठाउँ अभाव भएको भन्दै सञ्चालनमा ल्याएको छैन ।  सिटी स्क्यान गर्न बीर अस्पतालमा ४ हजार रुपियाँ पर्छ भने निजी अस्पतालमा १० हजार रुपियाँ सम्म लिने गरेका छन् । नयाँ सिटी स्क्यान मेसिन अबको एक सातामा सञ्चालनमा आउने अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेत बताउँछन् । “४ वर्षदेखि सञ्चालनमा आएको १६ स्लाईसको सिटी स्क्यान मेसिन एक सातादेखि विग्रेर थन्किएको छ ।” उनले भने, “७ महिनाअघि ल्याएको नयाँ १ सय २८ स्लाईसको अर्को सिटी स्क्यान मेसिन जुन कम्पनीबाट ल्याएको हो सोही  कम्पनीका प्राविधकले जडान गनुपर्ने रहेछ । उनीहरु केही दिनअघि आएर जडान गर्दैछन् । अबको एक सातासम्ममा जडान गरेर सञ्चालनमा आउनेछ ।” अहिले तत्कालका लागि पुरानो मेसिनमा प्रयोग हुँदै आएको विद्युत नयाँ मेसिनमा जडान गरेर सञ्चालनमा ल्याइने निर्देशक डा. बस्नेतको भनाई छ ।

सिटी स्क्यान सञ्चालनमा आउने बित्तिकै अन्य निजी अस्पतालबाट कमिसन नआउने भएपछि तत्कालै जडान नगरिएको अस्पताल स्रोत बताउँछ । अस्पतालको अर्थोपेडिक ओपीडीलाई ट्रमा सेन्टरमा सारेर सो स्थानमा  नयाँ सिटी स्क्यान मेसिन राख्ने स्थान एक महिना अघि वनाइएको थियो ।  नयाँ सिटी स्क्यान मेसिन खरिदका लागि २०६७ साल चैत महिनामा टेन्डर आव्हान गरिएको थियो । टेन्डर आव्हान गरिएको ८ वर्षपछि मात्र मेसिन हस्पिटेक ईन्टप्राईजेज प्रा.लिले बीर अस्पतालमा पठाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०७५  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC