site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ऋषवदेव भट्टराईले रु एक करोड ९१ लाख ३६ हजार ८८१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता गणेशराज कार्कीका अनुसार भट्टराईको चल अचल सम्पत्तिको छानबिन गर्दा वैध आयको तुलनामा अवैध आय बढी देखिन आएकाले मुद्दा दायर गरिएको हो ।

आयोगले आफ्नो अनुसन्धानमा भट्टराईको वैध स्रोतबाट आर्जन गरेको सम्पत्तिभन्दा अवैध रुपमा आर्जन गरेको सम्पत्ति बढी देखिएको र त्यसको स्रोतसमेत स्पष्ट नभएकाले बिगोबमोजिम जरिवानासमेत असुल उपर गरी पाउँ भनी माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।  भट्टराई डा बाबुराम भट्टराई संयोजक रहनु भएको नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्यसमेत हुन् । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७३  २१:३५
प्रतिक्रिया दिनुहोस्