site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बिमा रकम पाउन श्रीमतीले गरिन् आफ्नै श्रीमान्को हत्या !
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । सप्तरीमा बिमा रकम पाउन श्रीमान्को हत्या गरेको घटना बाहिरिएको छ । कञ्चनरूप नगरपालिका–३ दास टोलकी कोशिलादेवी दासले बिमा रकम पाउनकै लागि श्रीमान्को हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । 

गत कात्तिक ६ गते आफ्नै घरभित्र करेन्ट लागेर शिवशंकर दासको मृत्यु भएको थियो । तर, घटनामा मृतकको श्रीमती कोशिला र देउरानी हिरनदेवी दासको संलग्नता रहेको बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार दुवैजनाले दासलाई करेन्ट लगाएर हत्या गरेका थिए । शिवशंकरको श्रीमती र नातामा भाउजू पर्ने शान्तिदेवी दासको सहयोगमा हत्या गरिएको उनले बताए ।

अहिले दुवैजना प्रहरी हिरासतमा छन् । उनीहरूले प्रहरीसमक्ष ऋण चुक्ता गर्न र छोरीको विवाह गर्ने दासको हत्या गरेको बयान दिएको प्रहरी नायव उपरीक्षक ‍रायले बताए । 

Global Ime bank

प्रहरीका अनुसार शिवशंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बिमा गराउनका लागि भाउजू नाता पर्ने शान्तिदेवीसँग ऋण लिएका थिए । ऋण चुक्ता गर्न शान्तिदेवीले कोशिला र शिवशंकरलाई तनाव दिँदै आएकी थिइन् । शिवशंकर र कोशिलादेवीले ऋण तिर्न असमर्थता देखाउन थालेपछि शान्तिदेवीले नै हत्या गर्न सुझाएको तथा हत्यापछि आउने बिमा रकमबाट ऋण चुक्ता भएर अरू रकम बाँकी रहने भन्दै योजना तयार पारेकी थिइन् ।

योजनाअनुसार कात्तिक ५ गते शान्तिदेवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर घरतर्फ पठाएकी थिइन् । मदिरा सेवन गरेर घर पुगेका शिवशंकर भान्सा कोठामै सुतेपछि सुतेकैबेला कोशिलादेवीले शिवशंकरको बायाँ हातको साहिँली औँलामा तार बेरेर करेन्ट लगाएको प्रहरीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC