site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।

नेपालमा बर्सेनि क्षयरोगका ६९ हजार नयाँ बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण मृत्यु हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए । नियमित औषधि खाए रोग निको हुने उनी बताउँछन् ।

डा. शाहले वार्षिक करिब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको बताए । “झन्डै ३२ हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । यो एक चुनौतीको रूपमा रहेको छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या करिब दुई हजार ८०० रहेको छ । यो संख्या नेपालको कुल जनसंख्याको अनुपातमा अन्त्यन्त धेरै हो । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ ।

आव २०७८/७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ६५९ जना मात्र उपचारमा थिए ।

Global Ime bank

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड ६ लाख मानिस क्षयरोगबाट ग्रसित थिए । सन् २०२१ मा विश्वभर करिब १६ लाख मानिसको क्षयरोगका कारण मृत्यु भएको थियो ।

नेपाल सरकारले आव २०८२/८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षयरोग अन्त्यको रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९–२०८२/८३ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

रणनीतिक योजनामा गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तारलगायत छन् ।

केन्द्रका निर्देशक डा. शाहले स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन गरी नेपाललाई क्षयरोगमुक्त बनाइने बताए । आव २०७८/७९ मा २५ स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन गरिएको थियो ।  चालु आवमामा १०० स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको छ । आगामी चार वर्षभित्र ७५३ स्थानीय तहमै अभियान सञ्चालन गर्ने लक्ष्य छ ।

सरकारले राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ८९६ माइक्रोस्कोपिक केन्द्र, ९३ जिनएक्सपर्ट केन्द्र, पाँच हजार ९७१ डट्स केन्द्र, २२ डीआर उपचार केन्द्र र ८१ डीआर उपकेन्द्रबाट क्षयरोगको उपचार गरिरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC