site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाको उद्धार गरिएको छ । 

बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका महिलाहरूको उद्धार गरिएको हो । 

उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदुतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त पहलमा उद्धार गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

‘मिसन फ्ल्याट’ नामक अभियान चलाएर यौन धन्धामा लगाइएका महिलाहरूलाई उद्धार गरी मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरोलाई बुझाइएको हो ।

उद्धार गरिएका महिलाहरूको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ । उनीहरू नुवाकोट, काठमाडौं, काँस्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ । उद्धार गरिएकी मध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्‍याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौन धन्धामा लाग्नुपर्ने भनिएको बताइन् । 

Global Ime bank

मिसन फ्ल्याटका बारेमा बताउँदै नेपाली राजदूतावासमा खटिएका एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट चार युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानीरीक्षकको सचिवालय हुँदै दिल्ली दूतावासमा आफूलाई प्राप्त भएको बताए ।

त्यसपछि खोजीका लागि शक्ति समूह, कीन इण्डिया र स्थानिय पुलिससँग समन्वय गर्दा शक्ति समूहले हराएका ४ मध्ये एक युवतीलाई फेला पारेका थिए । ती युवतीले हराएका बाँकी तीनजना रहेको स्थानको ठेगाना बताएपछि अन्य नेपालीहरू फेला परेको उनले बताए । 

कीन इण्डियाका प्रमुख  नवीन जोशीका अनुसार युवतीले दिएको सूचनाका आधारमा उनीहरूलाई राखिएको फ्ल्याटमा कोही नभेटिएपछि अन्य फ्ल्याटमा छापा हानेको थियो । ४८ घण्टाको निरन्तरको खोजीपछि महिलाहरूको उद्धार गर्न सकिएको उनले बताए । 

प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारीका अनुसार नेपालमा रहेका उनीहरूका सहयोगीहरूले भारतमा राम्रो तलबमा काम दिने बहानामा नेपाली महिलाहरूलाई दिल्ली पुर्‍याउने गरेको बताएका छन् ।  

टिकाराम भण्डारी र उनकी श्रीमती टिका ओलीले उनीहरूलाई दिल्लीमा फ्ल्याटमा राखेर यौनधन्धा गराउने गरेको खुलेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC