site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल सुपर लिग भलिबल चैतमा गर्ने तयारी
Ghorahi CementGhorahi Cement

काठमाडौं । फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल सुपर लिग आगामी चैतमा गर्ने तयारी भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत (सिईओ)ले प्रतियोगिता चैतको अन्तिम साता हुने बताएका छन् ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नेपाल भलिबल संघबीच २०७८ भदौं २२ मा १० वर्षका लागि भएको सम्झौतामा नेपाल सुपर लिग महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएको थियो ।

Agni Group

त्यतिबेला सम्झौतापत्रमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रेता कार्की चौधरी र नेपाल भलिबल संघकी तत्कालिन उपाध्यक्ष निरोज मास्केले हस्ताक्षर गरेका थिए । तर अहिलेसम्म प्रतियोगिताको पहिलो संस्करण हुन सकेको छैन । 

लिगमा सात महिला र सात पुरुष टिमले प्रतिस्पर्धा गर्ने जनाइएको थियो । नेपाल भलिबल संघले गत २०७९ कात्तिकमा सार्वजनिक गरेको बार्षिक क्यालेन्डरमा नेपाल सुपर लिग फागुनमा गर्ने भनिएको थियो । तर, प्रतियोगिता फागुनमा नहुने निश्चित भएको छ । 

Global Ime bank

“फागुनमा गर्ने भनेर भनिएको थियो । तर, अब फागुनभित्र गर्न सम्भव छैन,” नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टका सिईओ सुदीप शर्माले भने, “हामी नेपाल भलिबल संघसँग छलफल गरेर चाडै मिति घोषणा गर्नेछौं । हामी चैतभित्र नै प्रतियोगिता गर्ने तयारीमा छौं ।”

नेपाल सुपर लिगले बिहीबार सामाजिक सञ्जालमा एक तस्बिर राखेर चाडै प्रतियोगिता हुने भन्दै फ्रेन्चाइज टिम लिनका लागि आह्वान गरेको छ । 

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले चैतमै प्रतियोगिता हुने बताए । उनले भने, “हामीले यस प्रतियोगिता गर्ने भनेर नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसँग सम्झौता गरिसकेका छौं । अब उहाँहरूसँग छलफल गरेर चाडै मिति घोषणा गर्नेछौं ।”
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC